लमजुङ, २१ असोज। गण्डकी प्रदेश सभाका सदस्य सांसद धनञ्जय दवाडीले सहकारीहरू बैँकजस्तो नाफामूखी नभई सेवामूखी हुन जरुरी रहेको औंल्याएका छन् । हातेमालो बचत तथा ऋण सहकारीको ८ औं साधारणसभाको उदघाटन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
सांसद दवाडीले सहकारी संस्थाहरू सहकारीको सिद्धान्त तथा आदर्शअनुसार सेवामुखी र पारदर्शिता हुनपर्नेमा जोड दिए । उनले भने, ‘अब सहकारीहरू उत्पादनमूखी, रोजगारमूलक, जीवनोपयोगी र आर्थिक गतिविधिलाई निरन्तरता दिई समृद्धिमा टेवा दिन सक्ने हुनुपर्छ।’
प्रदेशसभाले सहकारीको नयाँ ऐन निर्माणको तयारीमा रहेको र आफू त्यसको सदस्यसमेत भएको हुँदा समयमै आवश्यक सुझाव दिन अनुरोध गरे । संस्थाका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले सहकारीको वाषिर्क प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा उत्कृष्ट हातेमालो स्वणिर्म बचतकर्ताको रूपमा वेशीशहर २ का पद्मकुमारी थापालाई सम्मान गरेको छ। त्यसैगरी उत्कृष्ट दैनिक वचतकर्ता वेशीशहर-८ का गिता भुजेल, उत्कृष्ट बाल भविष्य वचतकर्ता वेशीशहर-८ कै स्मृति श्रेष्ठ, असल ऋण भुक्तानीकर्ता वेशीशहर-७ का विष्णुमाया रावल र सोना गुरुङसमेतलाई सम्मान गरिएको थियो ।
संचालक समितिका उपाध्यक्ष प्रभुराम प्रधानले स्वागत गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष होमबहादुर रानाले आर्थिक प्रतिबेदन, लेखा समितिका संयोजक हुमबहादुर रावलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा बेसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, रागिनास नगरपालिका प्रमख सिंहबहादुर थापा, मस्र्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङ, जिल्ला बचत सहकारीका अध्यक्ष दुर्गाभक्त धमला, वेसीसहर सहकारी समन्वय समितिका अध्यक्ष बिमल श्रेष्ठ संस्थाका पूर्वसल्लाहकार सोमराज घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए।
Related News
सम्बन्धित समाचार
ढल्यो ऐतिहासिक सम्पदा ‘पोखरा गेट’, विकल्पबिनै भत्काइएकोमा विरोध
दिगो ग्रामीण आमा समूह सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
शिक्षाविद् डा.कायस्थको सालिक अनावरण
एन प्याब्सन स्थापना दिवस, १४५ शिक्षक–कर्मचारी सम्मानित
hero news full width
मुख्य समाचार
पोखरा महानगरपालिका : करार कर्मचारी हटाउन अदालतको अङ्कुश
नगर सभामा राजस्व बक्यौता असुली कार्ययोजना प्रस्तुत
पौष २९, २०८१दूतराजको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्याब्सन कास्कीमा षडानन्द गौतम
पौष २८, २०८१पृथ्वीचोकबाट समर्थकको माग: चोकमा सालिक, नोटमा फोटो
पौष २८, २०८१फूलबारी मन्टेसरीको रजतजयन्ती
पौष २८, २०८१