मस्र्याङ्दी गाउँपालिकामा महोत्सवको तयारी

आदर्श समाज सम्वाददाता
असाेज २२, २०७५

लमजुङ, २१ असोज। लमजुङमा गाउँपालिकाले महोत्सव गर्ने तयारी गरेको छ । उत्तरी क्षेत्रमा रहेको मस्र्याङ्दी गाउँपालिकामा आगामी मंसिर पहिलो साता महोत्सव गर्ने तयारी गरेको हो ।

हरिबोधनी एकादशी अर्थात ठूलो एकादशी पर्वमा लाग्ने मेलाको अबसर पारेर मंसिर ३ देखी ५ गतेसम्म तीन दिन महोत्सव सञ्चालन गर्न लागिएको मस्र्याङ्दी गाउँपालिकामा अध्यक्ष अर्जुन गुरुङले बताए । त्यसका लागि गाउँपालिकाको अध्यक्षको संयोजकत्वमा १ सय १ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरेको छ ।

महोत्सवको व्यवास्थापनका लागि अध्यक्ष गुरुङकै संयोजकत्वमा १५ सदस्यीय सचिवालय समितिको साथमा विभिन्न १० वटा उपसमिति समेत गठन गरिएको मस्र्याङ्दी गाउँपालिका उपाध्यक्ष होम विकले बताए ।

उनका अनुसार हरेक वर्ष मस्र्याङ्दी गाउँपालिका-३ स्थित खुदीबजारमा सञ्चालन हुँदै आएको हरिबोधनी एकादशी मेलालाई थप आकर्षक बनाउन महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा धार्मिक मेलासहित कृषि तथा स्थानीय उत्पादन प्रदर्शनी, स्थानीय कला संस्कृतिको प्रदर्शन, होमस्टेसहितका विभिन्न पर्यटकीय स्थानको भ्रमण, आर्गानिक खाना, मनोरञ्जनात्मक कार्यत्रक्रम भलिबल, छेलोसहितको खेलकुद प्रतियोगिता गरिने मूल समितिका संयोजक अर्जन गुरुङले बताए ।

उनका अनुसार महोत्सवको प्रचारका लागि गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकको संयोजकत्वमा नौ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ । वडा नं. ३ का अध्यक्ष प्रेम बस्नेतको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गठन गरिएको छ । लमजुङ उद्योग बाणिज्य संघ खुदी इकाईका अध्यक्ष वीरेन् भण्डारीको संयोजकत्वमा आर्थिक उपसमिति तथा वडा नं. ४ का अध्यक्ष सुमन गुरुङको संयोजकत्वमा गठित सांस्कृतिक उपसमिति, वडा नं. ७ का अध्यक्ष युवा घले संयोजकत्व चयन भए ।

त्यस्तै, लमजुङ उद्योग बाणिज्य संघ खुदी इकाईका पूर्व अध्यक्ष लेखमान कतिलाको संयोजकत्वमा स्टल, गेट तथा मञ्च व्यवस्थापन उपसमिति गठन गरिएको छ भने सोही इकाईका सचिव सूर्यप्रकाश कतिलाको संयोजकत्वमा आवास तथा खाजा व्यवस्थापन उपसमिति, रवि थापाको संयोजकत्वमा गठित खेलकुद व्यवस्थापन उपसमिति र वडा नं. ९ का अध्यक्ष नारायण थापाको संयोजकत्वमा झाँकी व्यवस्थापन तथा पर्यटन उपसमिति गठन गरिएको छ ।

सचिवालय र सम्पूर्ण उप-समितिहरुको संयुक्त बैठक असोज २८ गते बस्ने र सोभन्दा अगावै सबै उप-समितिहरूको बठैक बसी अवधारण तथा कार्ययोजना तयार पार्ने निर्णय भएको महोत्सवका संयोजक एवम् गाउँपालिकाका अध्यक्ष अध्यक्ष अर्जुन गुरुङले बताए ।

उनका अनुसार यहि असोज २३ गते महोत्सव आयोजक सचिवालयको बैठक बसेर उप-समितिहरूको काम कर्तव्य र कार्ययोजना, महोत्सवको कार्यक्रम र व्यवस्थापन लगायतका विषयहरूको अन्तिम टुंगो लाग्ने छ ।

Related News

सम्बन्धित समाचार

  • बेनी–जोमसोम सडक अवरुद्ध

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०८१
    म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण…
  • निशुल्क कपाल काट्ने तालिम

    आदर्श समाज सम्वाददाता श्रावण ९, २०८१
    चितवन । भरतपुर–१० सिजी ल्याण्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनले ११ औं वार्षिकोत्सव अवसर पारि निःशुल्क कपाल काट्ने तालिम प्रदान गर्ने…
  • कंक्रिट संरचनाले घट्दैछ धानखेत

    धनबहादुर गुरुङ श्रावण ९, २०८१
    पोखरा । घरघडेरी जोहो गर्ने ध्याउन्नमा पछिल्लो समय धान लगाउने क्षेत्र घट्दै गएको पोखरा–२५ का किसान चित्रनाथ सापकोटा बताउँछन् ।…
  • ‘कांग्रेस–एमाले मिलाउनु रास्वपाको उपलब्धि’

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले पार्टीको प्रशिक्षण र संगठन विभागका गतिविधि कमजोर भएको स्वीकार गर्दै अबका दिनमा…
  • मापदण्ड मिचेका संरचना हटाउन सुरु

    आदर्श समाज सम्वाददाता श्रावण ८, २०८१
    पोखरा । पृथ्वी राजमार्गअन्तर्गत पोखरा–३२, तल्लो गगनगौंडाबाट भत्केको चौकीसम्म ४ किलो मिटर दुरीमा सडक मापदण्ड मिचेर बनाइएका अस्थायी संरचना हटाउन…

hero news full width