पोखरा, २१ असोज।पोखरा महानगरपालिका वडा नं. १७ का पूर्व वडाध्यक्ष एवम् वरिष्ठ समाजसेवी सुवेदार लालकाजी गुरुङको निधन भएको छ।
७९ वषिर्य सुवेदार गुरुङको पोखरा-१७ छोरेपाटनस्थित आफ्नै निवासमा शुक्रवार बेलुकी निधन भएको हो।
उनी केही महिना अघिदेखि ढाडको बिमारबाट पीडित थिए।
शिवहरि मन्दिर तथा नमो बुद्ध गुम्बा, बेलघारी टोल विकास संस्था, गुप्तेश्वर गुफा व्यवस्थापन समिति, राम मन्दिर, कृस्ित मट्टखिान कालिका मन्दिर, पोखरा मटि्टखान बाटो तथा भ्यूटावर निर्माण समितिलगायत दजनौं संस्थाका संस्थापक अध्यक्ष, सदस्य तथा सल्लाहकार रहेका सुवेदार सामाजिक तथा धार्मिक क्षेत्रमा क्रियाशील थिए। उनी नेपाल रेडक्रस सोसाइटीका यशस्कर सदस्य, छोरेपाटन मा.वि. व्यवस्थापन समितिका पूर्व सदस्य तथा सल्लाहकार थिए। यसैगरी उनले सो विद्यालयमा एकलाख छ हजारको स्व. महेन्द्र स्मृति पुरस्कार कोष स्थापना गरेका थिए।
साथै उनी दुर्गा मन्दिर व्यवस्थापन समिति छोरेपाटनका मानार्थ सदस्य एवम् सल्लाहकार रहेका थिए।
सुवेदार लालकाजी गुरुङको पोखरा-१० रामघाटस्थित अर्घात सदनमा शनिवार दाहसंस्कार भयो।
उनकी श्रीमती धनकुमारी, एक छोरा दिलकुमार, जेठी छोरी सपना र कान्छी छोरी सुनिता गुरुङ रहेका छन्।
Related News
सम्बन्धित समाचार
बाबुको निधनपछि १९ वर्षीया साधनाको उपचारमा सकस
नागरिक विधेयक प्रक्रियामा
मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
ओटेफको स्थापना दिवसमा बटुक र ज्येष्ठ नागरिकलाई भोजन
गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९शिक्षामा राज्यको लगानीअनुरुप अपेक्षित प्रतिफल हासिल हुन सकेन: राष्ट्रपति
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
श्रावण ३१, २०७९गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९