पोखरा, २१ असोज। पृथ्वीनारायण क्याम्पस, पोखरा अङ्ग्रेजी शिक्षा विभागको आयोजनामा अनुसन्धान दर्शन तथा मिश्रति अनुसन्धान पद्धतिमा दुर्इदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रम उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख प्राडा चन्द्रबहादुर थापाले अङ्ग्रेजी शिक्षा विभागले निरन्तर रूपमा अनुसन्धान विधिसम्बन्धी कार्यशालाहरू आयोजना गर्दै आएकोमा विभागको प्रशंसा गरे। यस्ता गोष्ठीले प्राध्यापकहरूको अनुसन्धान क्षमतामा निखारता ल्याइने विश्वास व्यक्त गर्दै आगामी दिनमा समेत यस्ता प्राज्ञिक कार्यहरूमा जोड दिनुपर्ने बताए।
कार्यशालामा प्राडा प्रेमनारायण अर्याल एवं प्राडा वासुदेव काफ्लेले सहजीकरण गरेका थिए।
अङ्ग्रेजी शिक्षा विभागका विभागीय प्रमुख प्रा तीर्थराज अर्यालले विभागले निरन्तर अनुसन्धानमूलक क्रियाकलाप गर्दै आएको र आगामी दिनहरूमा पनि यस्ता प्राज्ञिक क्रियाकलापलाई निरन्तरता दिँदै शिक्षण र अनुसन्धानलाई साथसाथै लैजाने विभागको योजना रहेको बताए।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पस र भाषा आयोगको सम्झौता अनुरूप प्राध्यापक अर्यालको नेतृत्वमा गठित समितिले सम्पन्न गरेको कुमाल भाषाको अध्ययनको अनुभव प्रस्तुत गरिएको थियो।
विभिन्न विभागका ३० जना प्राध्यापकको सहभागिता रहेको कार्यक्रम अङ्ग्रेजी शिक्षा विभागका अध्यक्ष प्रा तीर्थराज अर्यालको अध्यक्षतामा भएको थियो।
सहायक क्याम्पस प्रमुख सहप्राध्यापक होमनाथ पौडेलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन उपप्राध्यापक पितृराज बास्तोलाले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चन्द्रावतीका ‘शून्य छ जन्मेको घर बरिलै’ सार्वजनिक
तीज महत्वविषयक प्रशिक्षण
निस्सा वितरण
गाईजात्रा नाच प्रदर्शन
परोपकारी यात्रामा सिद्धि–सेतुली प्रतिष्ठान
hero news full width
मुख्य समाचार
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९