पोखरा, २१ असोज ।हिमाली साँस्कृतिक परिवारले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । ‘नेपाली लोक संस्कृति बचाऔं’ नाराका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवार पोखराले नेपालीहरुको महान चाड दशैं र तिहारको पूर्वसन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद इन्द्रधारा विष्टले हिमाली साँस्कृतिक परिवार सबैको नमुना संस्था भएको बताए । उनले हिमाली समयमा चल्ने, सबैको प्यारो स्वतन्त्र संस्था भएको भन्दै प्रसंशाका साथ संस्थालाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षता र सचिव श्रीजंग गुरुङले संचालन गरेको कार्यक्रममा हिमाली साँस्कृतिक कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति गरेका थिए। शुभकामनासँगै हिमालीले चियापान कार्यक्रमको समेत आयोजना गरेको थियो।
यसरी नै हिमाली साँस्कृतिक परिवारले कलाकार सहयोगकोषका लागि असोज २७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा साँस्कृतिक दशै तिहार कार्यक्रम गर्ने अध्यक्ष गुरुङले बताए ।
Related News
सम्बन्धित समाचार
प्रतिष्ठानमा प्रशिक्षक प्रशिक्षण
अरुणा लामा–तारादेवीको स्मृतिमा साँझ
इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
स्थापना दिवसमा प्रेस चौतारीद्वारा स्टेसनरी वितरण
पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९