पोखरा, २१ असोज । लेकसिटी कलेज एण्ड रिर्र्सच सेन्टरका संचालक तथा सल्लाहकार प्राडा विश्वकल्याण पराजुलीले क्याम्पसमा विद्यार्थीको शैक्षिक विकासको लागि अनुसन्धानमुखी पढाइमा केन्द्रित रहेर अध्यापन गराइने बताएका छन्।
गैह्रापाटनस्थित सो कलेजको स्तानक प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई शनिवार गरिएको अभिमुखीकरणमा प्राडा पराजुलीले विद्यार्थीको आत्मविश्वास बढाउने उद्देश्यले अनुसन्धानलाई प्रथामिकता दिइने बताएका हुन् । विद्यार्थीको आत्मविश्वास बढाउँदै विदेशीसामु नेपाली विद्यार्थी प्रतिष्प्रधा गर्न सक्ने बनाउने आफूहरुको मुख्य लक्ष्य रहेको उनको भनाइ छ।
टेक्सास विश्वविद्यालयबाट विद्यावारिधि गरेका तथा लेकसिटी कलेज एण्ड रिर्र्सचका क्याम्पस प्रमख डा कपिल अधिकारीले करिब ७ वर्ष अमेरिकामा अध्ययन गरी सिकेको ज्ञान र देखेको विषय मातृभूमिमा उतार्न आफ्नै जन्मथलो फर्केको बताए ।
व्यवहारिक र अनुसन्धानमूलक कक्षा नै लेकसिटीको मुख्य विशेषता रहेको जानकारी दिँदै डा अधिकारीले त्रिविको पाठ्यक्रम सँगसँगै ननक्रेडिट कोर्स पनि रहेको बताए।
पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले लेकसिटी कलेज अध्ययनपछि विद्यार्थी उच्च तहमा पुगेको चर्चा गर्दै विद्यार्थी आफै मिडिया संचालन गर्न सफल भएको बताए। कार्यक्रममा विद्यार्थी सतिष मानन्धर, क्रीशा भुजेल लगायतले बोलेका थिए ।
कलेज संचालक समिति अध्यक्ष डा गेहेन्द्रेश्वर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्याम्पस संचालक सदस्य उपेन्द्र पौडेलले गरेका थिए ।
कलेजको आफ्नै भवनबाट यसै वर्षदेखि त्रिविबाट सम्बन्धन प्राप्त गरी स्नातक तहमा व्यवस्थापन र मानविकी पढाइ हुँदैछ । मानविकीतर्फ अंग्रेजी, समाजशास्त्र, विएसडव्लु र पत्रकारिता पढाइ हुने बताइएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९एमालेलाई जीत जोगाउनै सकस
जेठ ५, २०७९