पोखरा, २१ असोज।सामाजिक शिक्षा आफ्नै मातृभाषामा अध्ययन गर्न सहज हुने धारणा यहाँ एक कार्यक्रमका वक्ताले राखेका छन्।
सामाजिक भाषा नेपालीमा किन – वहस कार्यक्रममा उक्त धारणा व्यक्त भएको हो।
सामाजिक शिक्षा नेपालीमा अभियानद्वारा शनिवार आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक केदारभक्त माथेमाले आफ्नो रितिथिति, संस्कृतिबारे जान्न पनि अंग्रेजीमा पढ्ने – भन्ने प्रश्न राखे।
उनले भने-’समाजलाई राम्रोसँग बुझ्न आफ्नै भाषा नेपालीमै सहज हुन्छ।
अभियानका संयोजक डा. वसन्त गौतमले सामाजिक विशिष्टताका कुराहरु नेपालीमै पढाउन उपयुक्त हुने उल्लेख गर्दै भने -’अंग्रेजी साध्य होइन साधन मात्र हो भन्ने बुझ्न जरुरी छ।
साहित्यकार तीर्थ श्रेष्ठले नेपाली सांस्कृतिक कुरा अंग्रेजीमा अनुवाद गरेर दिँदा त्यसको जीवन्तता नरहने बताए।
एन प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीले शिक्षालाई व्यवहारिक बनाउन आम शिक्षा पद्धति मै सुधार ल्याउनु पर्नेमा जोड दिए।
साहित्यकार गणेश पौडेलले मातृभाषा नै सजिलो भाषा भएको उल्लेख गर्दै भने -’अंक र अक्षर मात्र होइन समाज बुझन सक्ने साक्षर हो।‘
समाजमा मानव संशाधन विकास गण्डकी प्रदेशका प्रमुख डा. बाबुराम ढुंगाना, डा. चन्द्र भद्रा, पोखरा बहुमुखी क्याम्पसका प्रमुख शिशुकला पराजुलीलगायतले मन्तव्य राखेका थिए। अभियानका सदस्य लक्ष्मण थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सञ्जीव पौडेलले गरेका थिए।
Related News
सम्बन्धित समाचार
कालीगण्डकी दोहन रोक्न साझा पहल
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९मुखियाका गाउँमा न्यायिक समिति : पहिलो मुद्दामै मिलापत्र
श्रावण २७, २०७९रत्न मन्दिर र हिमागृह खोल्न माग
श्रावण २७, २०७९विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
श्रावण २६, २०७९