बाँके, २० असोज । पूर्व-पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान ट्रक र माइक्रो बस एकआपसमा ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुर्इ जनाको उपचारका क्रममा मृत्यु भएको हो । दाङबाट नेपालगञ्ज आउँदै गरेको रा१ख १६६२ नंको माइक्रोबस र नेपालगञ्जबाट विपरीत दिशातर्फ जाँदै गरेको लु१ख ७७२९ नंको ट्रक बाँकेको राप्तीसोनारी गाउँपालिका-९, मुगुवा खोला नजिकै एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु हुनेमा एक जनाको अझै सनाखत हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक हिरेन्द्र रोकायले जानकारी दिए । मृतक सबै दाङ तुलसीपुरका हुन् ।
मृत्यु हुनेमा ३० वर्षीय तुलसी रावत, २६ वर्षीया वसन्ती चौधरी, ४० वर्षीया नारायणी श्रीस, ३० वर्षीया दोर्णा बुढाथोकी र माइक्रो बसका चालक ३९ वर्षीय सुगन चौधरी रहेको छ । मृतकको शव परीक्षणका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा राखिएको छ । दुर्घटनामा परी घाइते सबैको पहिचान खुलिसकेको छ । उनीहरूको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । घाइते हुनेमा दाङ तुलसीपुर-१ का २८ वर्षीय मोहन जोशी, वडा नं ३ की २३ वर्षीया अञ्जली वर्मा, वडा नं ५ की ५० वर्षीया धनीसरा चौधरी, २४ वर्षीया गीता भण्डारी र २२ वर्षीया अञ्जली पुन रहेको छ ।
त्यस्तै वडा नं ६ की ४० वर्षीया इन्दिरा केसी, ४२ वर्षीया इश्वरी विक, ३६ वर्षीया कल्पना बस्नेत र ४९ वर्षीय टेकबहादुर सुनार, वडा नं ७ की २१ वर्षीया कृष्णाकुमारी रिजाल, ४८ वर्षीया मनकुमारी वली र वडा नं ८ का २३ वर्षीय प्रेम बुढा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, घाइते हुनेमा रोल्पा थवाङ गाउँपालिका-२ का ४२ वर्षीय कर्मबहादुर बुढा र ४३ वर्षीया रासकुमारी रोका, सल्यान छायाँछत्र गाउँपालिका-३ की २२ वर्षीया मीना योगी र शारदा नगरपालिका-१४ की ३० वर्षीया चन्द्रकला पुन छन् ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९