भक्तपुर, २० असोज । राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा नियमिततर्फ ३ लाख ३२ हजार ८ सय ९१, अक्षराङ्कन पद्धतिमा आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अङ्क प्रणालीमा ४९ हजार ५ सय ५ विद्यार्थीले गरी कुल ५ लाख ४८ हजार ४ सय ४५ जना परीक्षार्थीको सहभागिता रहेका थिए । परीक्षामा ग्रेड ए प्लस अर्थात् जिपिए ३.६५ देखि ४ सम्म ल्याउने १ हजार १ सय ४५ विद्यार्थी छन् । ग्रेड ए अर्थात् जिपिए ३ देखि ३.६० ल्याउने आठ हजार ९ सय ४९, ग्रेड बि प्लस अर्थात् जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार १ सय १५ विद्यार्थी, ग्रेड बि अर्थात् जिपिए २.४१ देखि २.८० ल्याउने ४८ हजार ७ सय ३१ रहेका छन् ।
त्यसैगरी ग्रेड सि अर्थात् जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार ७ सय ७०, ग्रेड सि अर्थात् जिपिए १.६१ देखि दुर्इ ल्याउने ९२ हजार ग्रेड डि प्लस अर्थात् जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार ४ सय ६, ग्रेड डि अर्थात् जिपिए ०.८१ देखि १.२० ल्याउने आठ हजार १ सय २७ र ग्रेर्ड इ अर्थात् जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ विद्यार्थी रहेको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अक्षरांकन पद्धतिको आंशिकतर्फका परीक्षार्थीमध्ये ३८.४१ प्रतिशत उत्तीण्ा भएका छन् । बोर्डले नियमिततर्फ १ सय विद्यार्थी, अक्षराङ्कन पद्धतितर्फ २७ आंशिकतर्फको परीक्षा रद्द गरेको र अङ्क प्रणालीतर्फ ४ जना गरी कूल १ सय ३१ जना परीक्षार्थीको परीक्षा रद्द गरेको जनाएको छ । गत जेठ ९ गते सम्पन्न भएको परीक्षाको विगतका वर्षभन्दा ३ महिना अगाडि नै नतिजा सार्वजनिक गरेको हो ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९