पोखरा, २० असोज। कास्की काँग्रेसका तीन वटा निर्वाचन क्षेत्रमा शनिवार महासमिति सदस्य चयन गरिएको छ। जिल्लाको साविक क्षेत्र १, २ र ३ मा महासमिति सदस्य चयन गरिएको हो। क्षेत्र ४ मा भने १३ औं महाधिवेशनकै समयमा सदस्य चयन गरिएको थियो। क्षेत्र १ मा खुला र महिला दुवैमा निर्वाचनबाट चयन गरिएको छ। सो क्षेत्रबाट खुलातर्फ कृष्णबहादुर केसी (१६५), यज्ञबहादुर थापा (१४७), बुद्विमान गुरुङ (१२६) र गिरीराज गौतम (११६) विजयी भएका छन्। अन्य प्रतिस्पर्धी तिलक रानाभाटले एक सय आठ र सुदीपमोहन भट्टराईले ८८ मत प्राप्त गरेका थिए।
महिलातर्फ कोपिला रानाभाट (१०८) विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी चन्द्रावती पौडेलले ९८ मत ल्याइन्।
क्षेत्र २ मा खुलातर्फ सर्वसम्मत् महासमिति सदस्य चयन भए पनि महिलातर्फ निर्वाचन भएको छ। खुलातर्फ बाबुराम आचार्य, गुरु बराल, ऋषि काफ्ले र कृष्ण कार्की चयन हुँदा महिलातर्फ भएको निर्वाचनमा खेमकुमारी बराल विजयी भइन् । बरालले ७३ मत प्राप्त गरिन् भने उनका निकटतम प्रतिस्पर्धी शारदा पौडेलले ४१ मत ल्याइन्। सो क्षेत्रमा रिक्त रहेको जिल्ला सदस्यमा पुष्पेन्द्र पाण्डे सर्वसम्मत् चयन भएका छन्।
क्षेत्र ३ मा भने सर्वसम्मत् रुपमा महासमिति सदस्य चयन गरिएको क्षेत्रीय सभापति विजयराज आचार्यले जानकारी दिए। खुलातर्फ सोभियतबहादुर अधिकारी, देवराज चालिसे, रामजी कुँवर, केशर निर्दाेषी र महिलातर्फ वृन्दादेवी रानामगर चयन भएकी छन्।
Related News
सम्बन्धित समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
hero news full width
मुख्य समाचार
प्रदेश मन्त्रालयलाई समयमै कम्प्युटर आपूर्ति नगर्ने कम्पनीको धरौटी जफत
बिना लाइसेन्स चलाएको स्कुटर दुर्घटना, आमाको मृत्यु, छोरी जेल चलान
माघ २५, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९