हेमजा, २० असोज। माछापुच्छे्र-८, खोरामुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा भएको शैक्षिक एवं धार्मिक महोत्सव १ करोड ६ लाख ४३ हजार ५ सय २४ रुपैयाँ दान रकम संकलन गर्दै शनिवार सम्पन्न भएको छ ।
शनिवार विद्यालयका सहायक प्रधानाध्यापक कमला लम्साल पौडेलले २५ हजार ५ सय ५५, धरानका लक्ष्मी लिम्बुले २० हजार, अष्टे्रलियास्थित रिच फर नेपालले १ लाख, खोरामुखका रुद्रनाथ ढुंगानाले ३१ हजार १ सय ११, खोरामुखका जगन्नाथ बास्तोलाले १ लाख १० हजार, ल्वाङका गोलमान गुरुङले ५५ हजार ५ सय ५५, खोरामुखकै राजेन्द्र गुरुङले ३० हजार १ सय ५५ दान गरेका छन् ।
त्यस्तै ल्वाङका चित्रबहादुर गुरुङले २० हजार ५ सय ५५, हडौलेका कुन्ती गौतमले ३१ हजार, मर्दीखोला समाज युकेले ७५ हजार, बराह माविका शिक्षक स्टाफले २३ हजार ५, नन्दकुमारी गुरुङ बरालडाँडा (हाल बेलायत) परिवारले २१ हजार १ सय १५ लगायत अन्य थुपै दानवीरहरुबाट पनि सहयोग प्राप्त भएको विद्यालयका अध्यक्ष ओमप्रसाद गुरुङले जानकारी दिए ।
महोत्सवमा ८ सय जना बढीले नगद दान दिएका छन् । त्यस अलावा करिव २० मुरी धान तथा ५ मुरी चामल पनि संकलन भएको छ । महोत्सवमा शनिवार मात्र ६ लाख बढी रकम संकलन भएको थियो ।
समापन समारोहमा सम्बोधन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विद्यालय, शिक्षा र सरस्वतीको मन्दिर भएको प्रष्ट पार्दै विद्यालयबाट हासिल गरेको शिक्षालाई व्यवहारमा लैजानुपर्नेमा जोड दिए । मन्त्री गुरुङले दान, भिक्षा माग्ने परिपार्टीको अन्त्य गर्नुपर्ने औँल्याउँदै नागरिकले सरकारलाई कर तिनुपर्ने र सोही करबाट सरकारले नागरिकका सबै आधारभूत आवश्यकता पूरा गर्नुपर्ने जनाए ।गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले शहीद हरिप्रसाद गुरुङले देखेको सपना केही हदसम्म भए पनि महोत्सवले पूरा गर्ने बताए ।
वडाध्यक्ष कृष्णप्रसाद दवाडीले महोत्सवले रकम मात्रै संकलन नगरी स्थानीय समुदायलाई एकीकृत गर्ने काम गरेको पनि औँल्याएका थिए ।सो अवसरमा शहीद हरिप्रसाद प्रतिष्ठानका सदस्य हितकाजी गुरुङले स्व. हरिप्रसादको बारेमा जानकारी दिँदै आगामी माघमा प्रतिष्ठानले भलिबल प्रतियोगिता तयारी गरेको बताए । महोत्सवको उद्देश्यमाथि प्रकाश पार्दै महोत्सवका महासचिव समेत रहेका प्रध्यानाध्यापक बलराम रानाभाटले शहीदका असहाय छोराछोरीलाई निःशुल्क आवासीय शिक्षा दिने उद्देश्यले महोत्सव गरिएको प्रष्ट पारे।महोत्सवका अध्यक्ष ललितमान गुरुङले दानको सदुपयोग गर्ने प्रतिबद्घता जनाए ।त्यस्तै विद्यालयका अध्यक्ष ओमप्रसाद गुरुङले महोत्सवको उद्देश्य प्राप्तिका लागि आर्थिक पारदर्शिता र सुशासन सहित काम गर्ने बताए।महोत्सव मूल आयोजक समिति संयोजक ललितमान गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष ओमप्रसाद गुरुङले स्वागत र वडासचिव टीकाराम आचार्यले संचालन गरेका थिए। महोत्सवमा बाल योगेश्वर महाराज श्रीले भावगत वाचन गरेका थिए।
Related News
सम्बन्धित समाचार
मानव सेवा आश्रमको महायज्ञमा दाताको ओइरो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
पोखराको रोकिएको नगरसभा सोमबारदेखि हुने
हेमजा युनाइटेडमा राजेश
गुणस्तरीय सौन्दर्य सामग्री बेच्न आग्रह
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९