पोखरा, २० असोज। स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले मुलुकमा दण्डहिनता एवं अराजकता मौलाएको बताएका छन् ।
उनले विश्वमा पशुअधिकारको बहस चलिरहेका बेला नेपालमा मान्छेकै जीउधनको सुरक्षा नभएको बताए। मानवअधिकार तथा शान्ति समाज, कास्कीको २० औ वाषिर्क साधारणसभा शनिबार उद्घाटन गर्दै बास्तोलाले सो कुरा बताएका हुन् ।
उनले सरकारले देशमा शान्तिसुरक्षा कायम गर्न नसकेको बताउँदै नागरिक आफ्नो सुरक्षाको लागि आफै सचेत हुनुपर्ने अवस्था सृजना भएको बताए। आदर्श समाज दैनिकका प्रधानसम्पादक समेत रहेका अध्यक्ष बास्तोलाले मानवअधिकारकर्मीको काम आफैमा असुरक्षित र चुनौतीपूर्ण भएको हुँदा अधिकारकर्मीले राज्यलाई खबरदारी गर्न बिर्सन नहुने बताए।
मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सामाजिक सरोकार संयोजक सूर्यप्रसाद ढकालले देशमा ब्याप्त अराजकता, द्वन्द्व एवं हिंसाकै कारण संस्थाको जन्म भएको बताउँदै शान्ति समाजले यस्ता मानवअधिकार हनन् एवं दमन्कारी ज्यादती सहेर नबस्ने बताए। साथै उनले राज्यलाई खबरदारी गर्नु समाजको पहिलो कर्त्तब्य भएको समेत बताए।
शान्ति समाज कास्कीका पूर्व सभापति भानु कँडेलले सरकार यतिबेला आँखा र कान बन्द गरेर बसेको आरोप लगाउँदै मानवअधिकारकर्मी चुप लागेर बस्न नहुने बताए।
समाजसेवी महिला एवं शान्ति समाजद्वारा सम्मानित व्यक्तित्व शशि तुलाचनले निर्मला पन्तले न्याय नपाउनु भनेको सम्पूर्ण नेपाली महिलाको जीवन असुरक्षित हुनु रहेको बताइन ।
पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक डा भावना पोख्रेलले अधिकारकर्मीले नागरिकको सुरक्षाका लागि सशक्त भएर लाग्नुपर्नेमा जोड दिइन् ।
सो अवसरमा संस्थाले २०७४ सालको स्थानीय तथा संघीय निर्वाचनमा कास्कीको प्रतिनिधित्व गर्दै निर्वाचनको पर्यवेक्षण कार्यमा सहभागी सदस्यलाई प्रमाणपत्र वितरण गरेको थियो।
कार्यक्रममा समाजका सचिव रामकृष्ण ढुंगानाले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष बेलबहादुर नेपालीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
संस्थाका सभापति अमृत सुवर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति तीर्थराज न्यौपानेले स्वागत र सचिव रामकृष्ण ढुंगानाले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
चिल्ड्रेन नेपालको उद्घोषणकला तालिम
इमानदारितापूर्वक काम गर्न पौडेलको आग्रह
धनराज पोखराको १६ औं मेयर
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९