पोखरा, २० असोज। पोखरा फोटोग्राफर संघ पोखरा, नेपालको ३७ औं साधारण सभा तथा अधिवेशनले रविनाथ दाहालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।
समितिको प्रथम उपाध्यक्ष परशुराम आचार्य, द्वितीय उपाध्यक्ष जनकराज तिवारी, सचिव कपिल सापकोटा, सहसचिव लक्ष्मीपति पौडेल, कोषाध्यक्ष रामचन्द्र पोख्रेल, सदस्य चन्द्रप्रकाश पोख्रेल, नन्दकला पौडेल, विसुराज बराल, सञ्जीव लामिछाने र सुजन बराल चयन भए।
संघ अध्यक्ष तुलसीराम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ समाजसेवी गणेशबहादुर श्रेष्ठ रहेका थिए।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइराला, कैलाश सहकारी संस्था लि. का अध्यक्ष तथा गण्डकी प्रदेश अध्यक्ष दुर्गाप्रसाद पौडेल, लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष महेन्द्रप्रसाद चापागार्इं, भाँडा व्यवसायी संघका अध्यक्ष बलराम तिमिल्सिना, कैलाश सहकारी संस्थाका उपाध्यक्ष शिवहरि अधिकारि, फ्लोरिङ फर्निसिङ कास्कीका माधव भण्डारी, फोटाग्राफर संघ महिला उपसमिति संयोजक इन्दिरा शर्मा लगायत बोलेका थिए। सो अवसरमा संस्थामा उल्लेख्य सहयोग पुर्याउने विभिन्न पुरस्कारका अक्षयकोषदातालाई सम्मान समेत गरिएको थियो । कार्यक्रम संचालन संस्थाका सचिव परशुराम शर्माले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
hero news full width
मुख्य समाचार
घर फर्किए म्यादी प्रहरी
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९