पोखरा, २० असोज।सिर्जनशील लोकतान्त्रिक वाङमयप्रतिष्ठानको शनिवार सम्पन्न १० औं साधारण सभा तथा पाँचौं अधिवेशनले डा. भूमिराज बस्ताकोटीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।
समितिको उपाध्यक्षमा सुरज पौडेल, सचिवमा डिल्लीराम पौडेल, सहसचिवमा कृष्णप्रसाद त्रिपाठी, कोषाध्यक्षमा सुलोचना खनाल चयन भएका छन्।
यसैगरी, सदस्यमा हिममाया पौडेल, सुरेशकुमार मानन्धर, डा. भानुभक्त शर्मा कँडेल, सूर्यभक्त सिग्देल, तारा पाखे, टिकाराम आचार्य रहेका छन्।
योगराज पौडेल संयोजक, शिशुकला पराजुली र लक्ष्मण अधिकारी सदस्य रहेको निर्वाचन समितिले निर्वाचित समितिको कार्यकालको पूर्ण सफलताको कामना गरेको थियो।
सभाको उद्घाटन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले विजलाई उमारेर बिरुवा बनाउने सामर्थ्य प्राज्ञिक समूहमा हुने बताए।
अतिथि कुँवरले आफूले पनि केही समय अध्यापन गराएको स्मरण गर्दै भने-’एउटा शिक्षकले भोलिपल्ट अध्यापनका लागि रातभरि तयारी गरेर जान्छ पढ्नेले नपढेपछि कसको के लाग्छ ?’
देशको राजनैतिक सन्दर्भलाई लिएर कुँवरले भने-‘पछिल्लो समय उच्च पदमा बसेर जुन काम नगर्नु र गर्न हुँदैन भनिन्छ त्यहीँ काम गरिन्छ जसका कारण अराजकता निम्तन्छ।’
यसैगरी, सो अवसरमा संस्थाको मुखपत्र अवधारणाको पाँचौं अंकको लोकार्पण, आजीवन सदस्यलाई सदस्यता प्रमाणपत्र वितरण र प्रतिष्ठानमा रहेर उत्कृष्ट कार्य गर्ने पूर्वपदाधिकारीबाट संस्थापक सचिव प्रा.डा. विष्णुप्रसाद पौडेल र पूर्व कोषाध्यक्ष वसन्त पराजुलीलाई सम्मान गरिएको थियो।
अध्यक्षको आसनबाट डा जगन्नाथ रेग्मीले प्रतिष्ठानले हालसम्म गरेका गतिविधिबारे संक्षेपमा जानकारी गराएका थिए।
अध्यक्ष रेग्मीले पदाधिकारीको सहयोग र साथले प्रतिष्ठानको गौरव र गरिमा उचो रहने कार्य गर्ने पर्यत्नमा रहँदारहँदै कार्यकाल समापन भएको धारणा व्यक्त गरे।
कार्यक्रममा स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष विश्वप्रेम अधिकारी, कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेशकुमार मानन्धर, संस्थाका निवर्तमान अध्यक्ष दीपेन्द्र पराजुली, उपाध्यक्ष डा. भूमिराज बस्ताकोटी, सचिव विष्णु शर्मालगायतले बोलेका थिए।
सभामा सचिव विष्णु शर्माद्वारा प्रस्तुत सांगठनिक र कोषाध्यक्ष शिशुकला पराजुलीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो।
Related News
सम्बन्धित समाचार
खुडेपोखरी क्षेत्रको डुवान नियन्त्रण गरिने
एसओएस स्कुलमा वृक्षरोपण
तीज गीत र महिला खेलकुद प्रतियोगिता हुने
कृष्ण प्रणामी मन्दिरमा कथावाचन
सामुदायिकको स्वास्थ्य शिविर
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९