पोखरा, १८ असोज । पर्यटकीय सहर पोखरादेखि हिमालपारीको जिल्ला मुस्ताङसम्म सुविधासम्पन्न सिधा बस सेवा संचालनमा आएको छ ।
मुस्ताङ क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले म्याग्दी कोरला यातायात प्रालिले हिटर जडान भएका सुविधा सम्पन्न बसहरु विहीवारदेखि संचालनमा ल्याएको प्रालि सञ्चालक नरेश रोकायले बताए ।
सेवामुखी व्यवसाय हिसाबले यात्रुहरुको माग र चाहना अनुसार आफूहरुले मुक्तिनाथसम्मको आरामदायी यात्रा गराउन २७ सिटे उक्त गाडी संचालनम ल्याएको उनले बताए । हाल करिब ३ करोड लगानीमा ५ वटा बस संचालनमा ल्याएसँगै आगामी केही हप्तामा ६ वटा नयाँ थप बसहरु संचालन गर्ने तयारी गरेको उनले जनाए । विगतमा म्याग्दी बेनीदेखि काठमाडौंसम्म आरामदायी यात्रा प्रदान गर्दै आएको म्याग्दी कोरला यातायात प्रालिले यात्रुको चाहना र मुस्ताङको मौसम अनुसार हिटर जडान भएको संचालक रोकायले बताए ।
केही समयपछि सुपर डिलक्स अत्यधुनिक सुविधा भएका गाडी मार्फत पनि सेवा दिने लक्ष्य रहेको उनले जनाए । प्रालिले बेनी काठमाडौंका लागि ३० सिटको बस सेवा सञ्चालनमा यसअघि ल्याएको छ । पोखरादेखि मुस्ताङसम्म यात्रामा यात्रुले १ हजार १ सय दिनुपर्ने छ ।
प्रालिमा रोकाय सहित प्रकाश पौडेल, नगेन्द्र केसी, धन कुमार पुन, सुरज केसी, मोहन केसी र अर्जुन आचार्यको संयुक्त लगानी रहेको छ । प्रतिनिधिसभाका सदस्य पदम गिरीले बस सेवा उद्घाटन गरे । उनले राजनीतिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएका युवाजमात उद्यमशीलतामा लागेको देख्दा खुसी लागेको बताए। श्रम गरेर खाने बानी भयो भने हरेक क्षेत्रमा सफलता मिल्ने बताउँदै यसले समग्र गण्डकी प्रदेशमै ठूलो आर्थिक परिवर्तन आउने गिरीले बताए। कार्यक्रममा प्रदेश सांसद राजीव पहारी, इन्द्रधारा विष्टले जनताको गुनासो नआउने गरी सेवा हुनेमा आफू विश्वस्त रहेको बताए।
Related News
सम्बन्धित समाचार
के छ रवी लामिछानेको मुद्दामा सर्वोच्चको पूर्ण पाठ
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला
पोखरा पेन्सन क्याम्पमा गणतन्त्र दिवस
पदबहालीमा मन्त्रीहरुले किन गर्छन् कर्मकाण्डी निर्णय ?
hero news full width
मुख्य समाचार
पोखरामा जाग्दो भैरव नाच
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
माघ १३, २०७९रवि लामिछानेको सांसद पद खारेज
माघ १३, २०७९अब होटल, रेस्टुरेन्टले १० प्रतिशत सेवा शुल्क लिन नपाउने
माघ १३, २०७९आजको माैसम : तराईमा हुस्सु लाग्ने, गण्डकीमा आंशिक बदली
माघ १३, २०७९टाइगर कप भलिबल : महिलातर्फ एपिएफ र आर्मी उपाधि नजिक, पुरुषको सेमि समीकरण पूरा
माघ १२, २०७९