पोखरा, १८ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला र स्थानीय तहको कार्य जिम्मेवारी तोकेको छ। प्रदेश कमिटिले बुधबार बैठक बसेर कार्यविभाजन गरेको हो।
जिल्ला, महानगर, नगरपालिका र गाउँपालिकामा १० सदस्यीय पार्टीसंयन्त्र गठन भएको छ। जिल्ला संयन्त्रमा तत्कालीन नेकपा एमालेबाट जिल्ला इञ्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव छन् भने तत्कालीन माओवादी केन्द्रबाट इन्चार्ज, सहइञ्चार्ज र संयोजक सहित ५ जना गरी १० सदस्य छन्। महानगरमा सोही अनुसारको १० सदस्यीय, नगरपालिकामा ८ र गाउँपालिकामा ६ सदस्यीय संयन्त्र गठन गरिएका छन्। संयन्त्रले पार्टीको विधान, नियमावली र पार्टीको थप निर्देशनलाई आधार मानी महानगर, नगर र गाउँपालिकाको पार्टीएकीकरणका लागि प्रदेश कमिटीलाई सुझाव पेश गर्नेछ। असोज २७ गतेभित्रै जिल्ला संयन्त्रको बैठक बसिसक्नुपर्ने प्रदेश अध्यक्ष हितराज पाण्डेले बताए। तल्ला कमिटीका लागि आवश्यक प्रस्ताव यसअघिकै कार्यदलले पठाइसकिएको छ।अहिले गठन भएको संयन्त्रले काम नै अघि बढाउने अध्यक्ष पाण्डे बताउँछन्। ‘पार्टीएकीकरणको लागि भन्दा पनि काम नै अगाडि बढाउन संयन्त्र गठन गरिएको हो। यही संयन्त्र अनुसार तल्ला तहमा अब काम शुरु हुन्छ,’ उनले भने, ‘कमिटी गठन चाहीँ कार्यदलले यसअघि नै पठाएको सुझावका आधारमा केन्द्रिय कमिटीले गर्नेछ।’
प्रदेश कमिटिले विहीबार पत्रकार सम्मेलन गरी संयन्त्र गठनबारे जानकारी गराएको हो। कार्यक्रममा नेकपा गण्डकी प्रदेशका इञ्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रका केही नेताहरुको अभिव्यक्तिले पार्टीको प्रतिष्ठामा नै असर परेको बताए। उनको संकेत वरिष्ठ नेता माधवकुमार नेपालतिर थियो। ‘वरिष्ठ नेताको अभिव्यक्तिले पार्टीको प्रतिष्ठामा गम्भीर असर परेको छ,’ उनले भने, ‘वहाँले पहिलेको एमालेको विधान हेरेर बोल्नुभएको छ। नेकपाको नयाँ विधान हेरेर परिमार्जित हुनुपर्छ।’ सह-इञ्चार्ज खगराज अधिकारीले नेकपा एकीकरणको प्रक्रियामा भएकोले छिटोभन्दा छिटो आफ्नो जिम्मेवारी पूरा गर्ने बताए।
हामीले जिम्मेवारी लिएका छौं। त्यसैले संयन्त्र भनेर संक्रमणकालीन व्यवस्था गरेका हौं,’ उनले भने, ‘छिटोभन्दा छिटो हाम्रो जिम्मेवारी पूरा गर्छौ।’
बैठकले शुक्रबार गण्डकी प्रदेशभित्रका केन्द्रिय सदस्यहरुको भेला गर्ने र गण्डकी प्रदेश कमिटिको सर्म्पर्क कार्यालय, नयाँबजारमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ। कात्तिक दोश्रो साताभित्रै जिल्ला र प्रदेश तहमा पार्टीका अगुवा कार्यकर्ता भेला र प्रशिक्षण गर्ने तयारी गरेको छ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना अझै सुरु भएन
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९