हेमजा, १८ असोज। माछापुच्छे्र-८, खोरामुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा जारी शैक्षिक एवं धार्मिक महोत्सवमा हालसम्म ८० लाख रुपैयाँ बढी संकलन भएको छ । सातौं दिन विहीवारमात्र २५ लाख रुपैयाँ संकलन भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
विहीवार महोत्सव मूल समारोह समिति संयोजक समेत रहेका खोरामुखका ललितमान गुरुङले १ लाख १ हजार १ सय ५५, पोखरा भीमकालीपाटनका भूपू इन्स्पेक्टर पानबहादुर गुरुङले १ लाख ५ सय, पोखरा रिठ्ठेपानीकी लक्ष्मीकुमारी गुरुङले १ लाख ५ रुपैयाँ दान दिएका छन् ।
यस्तै, वडाध्यक्ष समेत रहेका कोलेलीका कृष्णप्रसाद दवाडीले ५५ हजार ५ सय ५५, हडौलेका भीमप्रसाद/प्रेमकुमारी गौतम (तुलादानसहित) ले ५५ हजार ५ सय ५५, कास्की आदर्श समाज दुर्वईले ५५ हजार ५ सय ५५, खोरामुखका इन्द्रमान गुरुङले ५१ हजार, खोरामुखका खिमलाल दाहालले ५१ हजार १ सय ११, ल्वाङका देवराज/डम्बरकुमारी गुरुङले ५१ हजार १ सय ११, खोरामुखका धनलक्ष्मी गुरुङ परिवारले ५० हजार १ सय ५, रिभानका श्रीध्वज गुरुङको चौरासी पूजा अवसरमा छोरा मिलन, गौतम, बुद्ध र तीर्थले ५१ हजार १ सय ५, लेकसाइडका इन्द्रमान/गौतम गुरुङले ५० हजार, लेखनाथकी बन्दीकुमारी गुरुङले ५० हजार १ सय ५, खोरामुखका कृष्णबहादुर गुरुङ -२ दिदीको तुलादानसमेत) ले ५० हजार ५ सय ५५, पोखरा १६ की शीरसुवा गुरुङले ५१ हजार, खोरामुखककी राजकुमारी/विष्णु बिकले ५१ हजार १, खोरामुखका हितमान गुरुङले ५० हजार १ सय ५१, पोखरा १६ सेतीमार्गका बमबहादुर गुरुङले ५१ हजार १ सय ५१ रुपैयाँ दान दिएको मूल समारोह समिति संयोजक ललितमान गुरुङले जानकारी दिए ।
माछापुच्छे्र ८ कोलेलीका आमा टोपली/छोरा टीकाराम गौतमले २२ हजार २ सय २२, बरालडाँडाका नन्दकुमारी गुरुङले २१ हजार, खोरामुखका भरतराज अधिकारीले ३१ हजार १ सय ५५, काठमाडौंको चोभार भक्तजन समूहले २० हजार १ सय ९१, हडौलेकी विष्णु देवकोटा खत्रीले २० हजार ५ सय, कोलेली आमा समूह तथा कोलेली समाजले संयुक्त ४० हजार ५ सय ५०, ल्वाङकी दिलसुवा गुरुङले २० हजार १ सय १५ रुपैयाँ दान दिए ।
महोत्सवमा ल्वाङ गाउँवासीले २४ हजार ७ सय ३५, वेशीटोलका टेकनाथ ढुंगाना (तुलादान समेत) ले २० हजार ५ सय ७५, गैरागाउँका पूर्णभद्र गौतमले २५ हजार २ सय २५, हडौलेका खिमलाल गौतमले २० हजार १ सय ५, खोरामुखकी कौशिला अधिकारी (तुलादानसमेत) ले २० हजार २ सय १०, पोखरा रिठ्ठेपानीका गिरमान सिंह/रामकुमारी गुरुङले २१ हजार ५, पोखरा नदीपुरका मे.यमबहादुर गौतम गुरुङले २१ हजार ५, पोखरा औद्योगिक क्षेत्रका क.चेतबहादुर/डीलु गुरुङले २१ हजार ५, पोखरा रिठ्ठेपानीका चीजा र कल्पना गुरुङले संयुक्त २५ हजार, पोखरा रिठ्ठेपानीकै मन्त्री गुरुङ परिवारले २५ हजार, लेखनाथकै हरिदेवी गरुङले २१ हजार ५, ल्वाङकी रामकुमारी गुरुङले २५ हजार ५ सय ५, खोरामुखकी विष्णुमाया गौतमले ३१ हजार ५१, गौंडामुखका होमबहादुर परियारले २५ हजार २५, काँग्रेस नेतृ सरस्वती गुरुङले २५ हजार ५ सय ५५, हडौलेका स्व. गिरीधारी पौडेल परिवारले ३१ हजार ५ सय ५५ रुपैयाँ सहित विभिन्न दानवीरले सहयोग गरेका छन् ।
महोत्सवमा प्रतिनिधिसभा सदस्य दुर्गाकुमारी बिकले सांसद विकास कोषबाट रकम निकासा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
पूर्व सभासद शारदा पौडेलले मानिसलाई धनसम्पत्तिले कहिल्यै नपुग्ने हुँदा मन फुकाएर सहयोग गर्न सुझाव दिइन् ।
काँग्रेस नेतृ सरस्वती गुरुङले विद्यालयको स्तरोन्नतिको लागि सरोकारवाला एक हुनुपर्नेमा जोड दिइन् । असोज २० सम्म चल्ने महोत्सवमा रात्रिकालीन भजन कीर्तनसमेत हुँदै आएको छ । वाल योगेश्वर महाराज श्रीले महोत्सवमा भागवत् कथा वाचन गरेका छन् ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९