पोखरा, १८ असोज। जिल्ला प्रहरी कार्यालय, कास्कीले निर्धक्क भएर चार्डवर्प मनाउन सबैलाई आग्रह गरेको छ।
चार्डपर्व लक्षित गरी १८ प्रकारका सुरक्षा अपनाइएको भन्दै निर्धक्क भएर चार्डवर्प मनाउन प्रहरीले आग्रह गरेको हो।
‘विगतको अनुभवबाट सिक्दै सुरक्षा व्यवस्था मिलाएका छौ,’ पोखरामा विहीवार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले भने, ‘तपाईहरु निर्धक्क भएर चार्डपर्व मनाउनुहोस्।’
सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानसँग समन्वय गरी सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ। चार्डपर्वमा आवश्यक सुरक्षाका लागि पाँच सय ८६ सुरक्षाकर्मी खटाइने छ।
सिआरभी, पैदल गस्ती, आकस्मिक चेकिङ, हाइवे चेकिङ र मन्दिरको सुरक्षालाई विशेष ध्यान दिइएको प्रहरीको भनाइ छ। घटना घट्न सक्ने सम्भाव्यस्थल अध्ययन गरी एम्बुसिङ समेतको व्यवस्था मिलाइएको छ।
प्रहरीका अनुसार चार्डपर्वमा नौ स्थानमा सिआरभी, ग्रामीण क्षेत्रमा १४ वटा गस्ती, शहरी क्षेत्रमा ६ वटा मोवाइल टोली, ६ टोली मोटरसाइकल गस्ती, ७ टोली पैदल गस्ती र १९ स्थानमा एम्बुसिङको व्यवस्था मिलाइएको हो। प्रहरीले जुवातास समेत नियन्त्रण गर्ने जनाएको छ। चार्डपर्व बेला यात्रु ठगिने सम्भावना मध्यनजर गर्दै यात्रु सहायक कक्ष राखिने छ।
जिल्ला प्रशासन कार्यालयसँग सहकार्य गरी बजारमा हुन सक्ने कृत्रिम अभाव र मनोमानी नियन्त्रण गरिने जनाइएको छ।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९