पोखरा, १८ असोज। पाल्पाली समाज पोखराको पहल र तानसेन नगरपालिकाको समन्वयमा पोखरा-तानसेन पर्यटकीय बस संचालन हुने भएको छ।
तानसेनमा आयोजित सरोकारवालाको बैठकमा असोज २५ देखि नियमित रुपमा आतेजाते बस संचालन गर्ने विषयमा निर्णय भएको पाल्पाली समाजका अध्यक्ष कुलप्रसाद घिमिरेले जानकारी दिए ।
जसअनुसार सन्जोग टुर्स एण्ड ट्राभल्स पोखराले दैनिक रुपमा आतेजाते बस संचालन गर्नेछ । बस पोखराको पर्यटकबाट र पाल्पामा टुँडिखेलबाट एकै समय बिहान ८ बजे छुट्नेछन्।
कार्यक्रममा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पाल्पा-पोखरा पर्यटकीय बस संचालनले तानसेनको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले सेवा गरेर सन्तुष्टि लिने पोखरामा बस्ने पाल्पालीले झै सबै क्षेत्रमा बस्नेले जन्मथलो सम्झेर यस्तो रचनात्मक कार्य गरुन् भनी शुभेक्षा प्रकट गरे।
पाल्पाली समाजका अध्यक्ष घिमिरेले सबैले निःस्वार्थ र सेवाभावले काम गरेमा समृद्धि र विकास सम्भव भएको बताए। उनले दुर्इ सहरबीच शुरु पर्यटकीय बस सेवाले पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
सन्जोग ट्राभल्सका अध्यक्ष सनतकुमार श्रेष्ठले सो रुटमा बस नियमित रुपमा संचालन गर्ने बताए ।
संजोगका व्यवस्थापक वसन्त बासकोटाले बस ३१ सिटे वातानुकूलित रहेको जनाए। भाडादर ६ सय रुपैयाँ भाडा लाग्नेछ भने साथमा एक बोत्तलपानी र बदाम पाइनेछ।
कार्यक्रममा सहभागी राजनीतिक दल, उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, नागरिक समाजका प्रतिनिधिले सुविधा सम्पन्न बस निरन्तर रुपमा संचालन हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेकपाबाट दामोदर घिमिरे, काँग्रेसका मधुदयाल सैयू, राप्रपाबाट रेवती बिष्ट, पाल्पाका नि.प्रमुख जिल्ला अधिकारी हुमबहादुर पाण्डे, जिल्ला प्रहरीका नि.प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरे, पत्रकार महासंघ पाल्पा अध्यक्ष राजेश अर्याल, पाल्पा उद्योग वाणिज्य संघ अध्यक्ष मोहन श्रेष्ठ लगायत बोलेका थिए ।
नगरपालिका प्रमुख शाहीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख लक्ष्मीदेवी पाठकले स्वागत र वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाले संचालन गरेका थिए।
पाल्पाली समाजतर्फबाट प्रथम उपाध्यक्ष रेशम रचक, सल्लाहकार चिरञ्जीवी श्रेष्ठ र पूर्व अध्यक्ष राजेन्द्र केआरको उपस्थिति थियो ।
गत भदौ १७ मा समाजले पोखरा-पाल्पाबीच पर्यटन प्रवर्द्धन गर्ने विषयमा पाल्पा उद्योग वाणिज्य संघ र तानसेनका जनप्रतिनिधिसँग छुट्टाछुट्टै अन्तक्रिर्या गरेको थियो ।
Related News
सम्बन्धित समाचार
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैते दसैँमा गण्डकीमा सार्वजनिक बिदा
नवलपुरको सर्दी जंगलमा भेटियो ठूलो मात्रामा विस्फोटक पदार्थ
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९