हेमजा, १८ असोज। लाहाचोकस्थित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबको आयोजनामा असोज २४ देखि २९ गतेसम्म महेन्द्र माविमा प्रदेशस्तरीय फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको लागि सहयोग रकम समेत जुट्दैछ।
हालसम्मको उपलब्धिबारे जानकारी दिन आयोजित कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका वडा ४ का अध्यक्ष पूर्णबहादुर शाहीले फुटबल खेल केवल मनोरञ्जनका लागि मात्र नभई व्यवसायिकताका लागि पनि हुने औल्याए। उनले वडाको तर्फबाट ७८ हजार आर्थिक सहयोग गर्ने घोषणा पनि गरे।
मुख्य प्रायोजक गल्फ रिटायर कृषि र्फमका प्रोप्राइटर ओमप्रकाश अधिकारीले खेल माध्यमबाट आफ्नो वडा, देश विदेशमा परिचित बनाउनुपर्ने बताए । उनले स्वच्छ नागरिकको लागि खेलको महत्वपूर्ण भूमिका रहने बता । प्रतियोगितालाई र्फमतर्फबाट ८० हजार ८ सय ८ सहयोग गर्ने पनि जनाए।त्यस्तै सुशील स-मिलका प्रोप्राइटर शिव भण्डारीले ५१ हजार १ सय ११ प्रदान गर्ने घोषणा गरेका छन्।
मर्दी हिमाल ट्रेकिङ स्टोर्सका संचालक केशवराज बास्तोलाले अनुशासित टीमलाई, अनिल ढुवानी सेवाका संचालक अनिल नेपालीले वेष्ट प्लेयरलाई, डि्रम्स क्यानोनिङ संचालक बोनी गुरुङले हाईस्कोररलाई, लबी क्षेत्रीले उत्कृष्ट किपरलाई, एञ्जल-एञ्जिला ढुवानी सेवाका प्रोप्राईटर सन्तबहादुर नेपालीले म्यान अफ दि म्याच पुरस्कार प्रदान गर्ने जनाए।
यसैबीच, मर्दिखोला कृष सुनचाँदी पसलका संचालक कृतिमान सुनार र वि.भाञ्जा हृयाचरीबाट जर्सीप्रदान गरिएको थियो।
त्यस्तै फुटबल खेलाडी नीरज शाहीले ५ थान बल साथै १ थान पम्प सहयोग गरे। प्रतियोगिताका गतिविधिबारे जानकारी दिँदै सहसंयोजक पानबहादुर जिसीले देश विदेशबाट गरी बुधवारसम्म ६ लाख अर्थ संकलन गरिसकिएको जानकारी दिए।
क्लब अध्यक्ष निरज शाहीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सह-संयोजक विदुरचन्द्र ढकालले स्वागत र सचिव राजेन्द्र गौतमले संचालन गरेका थिए। प्रतियोगितामा १२ टिम सहभागी हुनेछन् ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९