चितवन, १८ असोज । पूर्वी चितवनको खैरहनीमा विहीवार ट्रक ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते छन्।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पूर्वीबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ९८६१ नम्बरको ट्रकले पूर्व-पश्चिम राजमार्गको खैरहनीस्थित चौबीसकोठी चोकमा नम्बर नखुलेको मोटरसाईकललाई बाटो काट्दै गर्दा ठक्कर दिएको थियो।
घटनामा परी मोटरसाईकल चालक खैरहनी नगरपालिका वडा २, चैनपुरका अन्दाजी ४५ वर्षीय सोना महतोको घटनास्थलमै मृत्यु भएको हो।
मोटरसाईकल पछाडि सवार महतोकी श्रीमती जेनी घाइते भएकी छन्। उनको भरतपुरस्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा उपचार भईरहेको छ।
घटना लगत्तै आक्रोशित स्थानीयले ट्रकमा आगजनी गरेका छन्। आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ। ट्रकचालक प्रहरी नियन्त्रणमा छन्।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९