पाल्पा, १८ असोज । संघीय सरकारअन्तर्गत रहेका पाल्पाका सरकारी कार्यालय प्रदेश सरकारको मातहत रहने गरी नाम र बोर्ड फेरिए कार्यालयबाट हुने शुरु भएको छैन ।
आर्थिक वर्षको ३ महिना बित्न लाग्दा कार्यक्रम र बजेट निर्धारण हुन नसक्दा साउनदेखि कर्मचारीले तलब समेत पाएका छैनन् । अलमलबीच खुलेका कार्यालयमा खर्च गर्ने बजेट अभावले दैनिक कार्यालय संचालनमा समेत अप्ठ्यारो परेको छ ।
भदौ दोस्रो साताबाट कार्यालयको नाम फेरिएका हुन् । जिलला कृषि विकास कार्यालयको सट्टा कृषि ज्ञान केन्द्र, जिल्ला पशु सेवा कार्यालय सट्टा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हुने गरी पाल्पा र गुल्मी कार्यक्षेत्र तोकिएको छ ।
उपसचिव कार्यालय प्रमुख सहित केन्द्रमा १२ जना दरबन्दी हुने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राखिएको छ । कार्यालय संचालनमा अन्यौलता रहेकाले विगतमा मौज्दात औषधिहरुबाट किसानलाई निःशुल्क सेवा दिएको र पशुहरुमा रोग देखा परे स्थानीय सरकारसँग समन्वयमा प्राविधिक सेवा प्रदान गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द पाल्पाका प्रमुख डा चन्द्रबहादुर रानाले बताए । जिल्ला भू-संरक्षण कार्यालय सट्टा भू तथा जलाधार व्यावस्थापन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय प्र्रदेश सरकारअन्तगत रहने गरी नाम फेरिएका छन् । जिल्ला वन कार्यालय सट्टा डिभिजन वन कार्यालय भएको छ भने सेक्टर वन कार्यालय खारेज भएका छन् ।
यसअघिका इलाका वन कार्यालयहरु सव-वन डिभिजन कार्यालय हुने गरी कार्यक्षेत्र निर्धारण गरिएको छ । कार्यालयहरुमा विगतको कार्य र कर्मचारी संख्या घटाइएको छ । पुरानो संरचना फेरिएको र नयाँ संरचना अनुसार कार्यक्रम र बजेट स्वीकृत नभएकाले अन्यौल रहेको डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कँडेलले बताए ।
सेतो कागजमा हाजिर गरेका कर्मचारीहरुले हाजिरी किताबमा हाजिर गर्न पाएका छन्। कार्यालयका कर्मचारीहरुको दरबन्दी स्वीकृत भए पनि सम्बन्धित कार्यालयसम्म कर्मचारी पुगेका छैनन् । कार्यालयहरु संचालन कार्य विधिहरु प्रदेश सरकारले तयार गर्न नसक्दा दसैं यता कर्मचारी तबल समेत नपाउने अवस्था देखिएको छ ।
जिल्लाका खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालय र सिंचाइ डिभिजन कार्यालयको नाम र संरचना भने अझै टुंगो लागेको छैन ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९