लमजुङ, १७ असोज। मध्यनेपाल नगरपालिका- ५, समिभञ्याङकी गुनाकुमारी गुरुङले ५५ वर्ष उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा संसार जितेजस्तै खुसी लागेको बताएकी छन् ।
दुर्इ सन्तानकी आमा उनी जिल्ला प्रशासनमा नागरिकताका लागि पटक-पटक आए पनि रित्तै फर्किनुपरेको थियो । उनलाई हालैमात्र कार्यालयले नागरिकता प्रमाणपत्र दिएको हो ।
सानै उमेरमा २०३८ सालमा विवाह गरेकी उनी २०५३ साल श्रीमान् बेपत्तापछि एक्लो जीवन बिताउँदै आएकी थिइन् ।
‘मसँग विवाह दर्ता, नागरिकता केही थिएन, बुबाको नागरिकताबाट बनाउन खोज्दा पनि
यसअघि नागरिकता पाउन सकिनँ’ उनले नागरिकता हात परेपछि खुसी हुँदै भनिन्, ‘आज नागरिकता पाउँदा संसार जितेजस्तै खुसी लागेको छ।’ उनका बाबु कुलबहादुर गुरुङ अहिले उमेरले ८३ टेके ।
नागरिकतामा गुनाकुमारीको जन्म २०२० चैत ११ उल्लेख छ।
प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले लामो समयदेखि नागरिकता नपाएकाका लागि ऐन कानूनले मिलेसम्म नागरिकका लागि दुःख नदिने किसिमले नागरिकता प्रदान गर्दै आएको बताए। उनले भने, ‘हामी जनताका सेवाका लागि आएका हौ। उनीहरुको समस्या अनुसार सहज तरिकाले सुल्झाउनु हाम्रो कर्तव्य हो।’
‘नागरिकता नपाउँदा दुर्इ छोराहरूको भविष्य पनि अन्धकारमा डुब्छ कि भन्ने चिन्ता थियो तर त्यस्तो शंका आजबाट हट्यो,’ उनले भनिन् । उनका २४ वर्ष र २३ वर्षका छोराहरु छन् ।
Related News
सम्बन्धित समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
पर्वतीय संग्रहालयले स्थापना दिवस मनायो
राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
hero news full width
मुख्य समाचार
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
माघ २२, २०७९राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९