पोखरा, १७ असोज । आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले गण्डकी प्रदेशलाई सुसंस्कृत र समृद्ध बनाउने अभियान रहेको बताएका छन् ।
पोखरा-११, फूलबारीस्थित रामेश्वर मन्दिरको सभाकक्षमा सञ्चालित दार्शनिक प्रवचन समारोहबीच बुधबार मन्दिरका विभिन्न सहयोगीदातालाई सम्मान गर्दै मन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।
त्यस अवसरमा प्रमुख अतिथि गुरुङले भने, ‘विश्वले नै शिक्षा लिनुपर्ने नेपाल त्यस्तो देश हो, जहाँ विभिन्न धर्मबीच सहिष्णुता र सद्भाव छ ।’
इमान्दारीपूर्वक आफ्नो कर्त्तव्यपालन गर्नु मानव धर्म भएको उल्लेख गर्दै मन्त्री गुरुङले दार्शनिक प्रवचनले सबैमा पवित्र भावना फैलाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मन्दिरका अध्यक्ष वेदराज बास्तोलाले सम्मानबारे जानकारी गराएका थिए । कार्यक्रम संचालन ऋषभ बास्तोलाले गरेका थिए ।
कार्यक्रमको प्रारम्भमा मन्त्री गुरुङलाई सम्मान गरिएको थियो ।
प्रवचनलाई निरन्तरता दिँदै कृपालुजी महाराजकी कृपापात्र प्रचारिका श्रीश्वरी देवीले विश्वका प्रत्येक जीवमा भगवान्को अंश रहेको र भगवान् आनन्दस्वरुप भएकोले जीव आनन्दको पनि अंश भएको बताइन् ।
उनले भनिन्, ‘कलि युगमा भगवान् भक्तिको सहज माध्यम हरिनाम संकीर्तन हो ।’
साथै उनले कर्म सन्न्यास र कर्मयोगको माध्यमबाट जीवनमा आनन्दी र भगवान् प्राप्त गर्न सकिने बताइन् । साधना कार्यक्रमको लागि निर्धारित समय दुर्इ दिन थप भएको छ । शुक्रवारसम्म चल्ने कार्यक्रममा योग अभ्यास गरिने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९