हेमजा, १७ असोज। माछापुच्छे्र-८, खोरामुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा जारी शैक्षिक एवं धार्मिक महोत्सवका अन्त्यतिर आइपुग्दा दाताको सहभागिता बढ्दो छ । महोत्सवमा बुधवारमात्र १८ लाख २० हजार ४ सय २४ रुपैयाँ आर्थिक संकलन भएको छ । गत असोज १२ देखि जारी महायज्ञमा हालसम्म कुल ५५ लाख रुपैयाँ बढी संकलन भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
बुधवार माछापुच्छे्र-६, हडौलेकी राधादेवी गौतमले ३० हजार ५, कुइवाङ सैतीखोला आमा समूहले ३५ हजार १ सय ३५, मनबुजा परियार खोरामुखले तुलादान सहित ३० हजार १ सय १, खोरामुख निवासी कृष्णवीर गुरुङले ६१ हजार १ सय, ल्वाङका मोहनकुमार गुरुङले ५१ हजार, हाल काठमाडौ निवासी चन्द्रबहादुर गुरुङले ५१ हजार सहयोग गरेका छन् ।
त्यसैगरी दीप निवासी प्रेमकुमारी गुरुङबाट ६१ हजार, खोरामुख निवासी छविलाल रानाबाट ५१ हजार ५ सय ९९, घलेल आमा समूहबाट २५ हजार, ५/३ जिआर भूपू सैनिक सिंगो संगठन पोखराबाट ३० हजार १५, कर्णबहादुर क्षत्री हडौलेबाट २५ हजार २ सय, नयाँपुल निवासी रुद्रबहादुर रानाबाट ३५ हजार १ सय, लक्ष्मी गुरुङ -काइली) पोखरा माछापुच्छे्रटोलबाट ५१ हजार १ सय ५, हडौले निवासी लिलाधर ढुंगानाबाट २० हजार ५ सय ५५ लगायत अन्य थुपै दानवीरबाट सहयोग प्राप्त भएको सचिवालय सदस्य टेकनाथ गौतमले जानकारी दिए । मूल समारोह समिति संयोजक ललितमान गुरुङको अध्यक्षतामा सम्पन्न बुधवारको कार्यक्रम पण्डित शेखर शर्मा पौडेलले संचालन गरेका थिए ।
महोत्सव अवसरमा रात्रिकालीन समयमा पनि भजन कीर्तन हुँदै आएको छ ।
असोज २० सम्म संचालन हुने महोत्सवमा वाल योगेश्वर महाराज श्रीले भागवत् कथा वाचन गरिरहेका छन् ।
Related News
सम्बन्धित समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
hero news full width
मुख्य समाचार
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९