पोखरा, १७ असोज। पश्चिमी विकट जिल्ला कालिकोटमा १५ शैयाको राजकोट सामुदायिक अस्पताल निर्माणको लागि हङकङका नेपालीहरुले सहयोग रकम जुटाएका छन्।
सहारा क्लब हङकङद्वारा आयोजित हाइकिङ कार्यक्रमका सहभागीले व्यक्तिगत र संस्थागत रुपमा अस्पतालका लागि सहयोग रकम जुटाएका हुन्।
क्लबले पोखराको सहारा एकेडेमी सहयोगार्थ आयोजना गरेको करिब ९ किलोमिटर लामो हाइकिङमा करिब ४ सय जना सहभागी थिए। हाइकिङमा बालबालिकादेखि ७० वर्षका वृद्धवृद्धा सहभागी थिए। हाइकिङका लागि भन्दै प्रत्येक सहभागीले क्लबलाई हङकङ डलर २ सय ५० प्रदान गरेका थिए। ‘स्वास्थ्य नै धन हो’ भन्ने मुख्य नाराका साथ शुरु भएको अभियानमा क्लबले सहभागीलाई जीवन बिमाको समेत व्यवस्था गरेको थियो ।
कार्यक्रमको मुख्य आकर्षक व्यक्तित्व सञ्चारकर्मी रवि लामिछानेलाई निम्तो गरिएको थियो। हाइकिङको हङकङस्थित नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले उद्घाटन गरेका थिए।
बचत रकम कर्णालीको सामुदायिक अस्पताल सहित सहारा एकेडेमीमा लागि प्रदान गरिने क्लब उपाध्यक्ष बिल तामाङले बताए। क्लब अध्यक्ष दीपक गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सल्लाहकार तुलसी गुरुङ र क्लब महासचिव कुमार गुरुङले बोलेका थिए । क्लबले डिनर नाइट गर्नुका साथै एनआरएन हङकङ संघ र नमोबुद्ध आमा समूह समूहसँग सञ्चारकर्मी लामिछानेले अन्तक्रिया समेत गरेका थिए।
Related News
सम्बन्धित समाचार
हिमालय आँखा अस्पताललाई जापानको सहयोग
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
समता स्कुल पर्वतमा अक्षयकोष
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
राष्ट्रियसभा उपाध्यक्षमा उर्मिलाको उम्मेदवारी
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९