सांग्रिलामा कर्मचारी अभिमुखीकरण

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७५
sangrila bank

पोखरा, १७ असोज। सांग्रिला डेभलपमेन्ट बैंक लि.ले नवनियुक्त कर्मचारीहरुलाई १० दिने अभिमुखीकरण तथा बैंकिङ तालिम दिएको छ।

गत असोज ७ देखि १६ गतेसम्म चलेको तालिममा बैंक सम्बन्धित काम तथा नीति-नियम तथा सामाजीकरणबारे जानकारी दिइएको थियो। तालिममा नवनियुक्त ७६ जना कर्मचारी सहभागी भएका थिए।

तालिम समापनमा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले तालिमले कर्मचारीहरुको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयंको तथा बैंकको दिगो विकासमा योगदान हुने बताएका थिए।

उनले यसबाट कर्मचारीको सीप विकास तथा आत्मविश्वासमा वृद्घिगर्ने भएकोले यस्ता किसिमका तालिमका कार्यक्रम निकट भविष्यमा पनि आयोजना गरिने जानकारी दिएका थिए।

सहभागी कर्मचारीहरुले तालिमबाट काम गर्ने हौसला मिलेको साथै सबैसँग चिनजान गर्ने मौका मिलेको बताए।

बैंकले खोल्न लागेका नयाँ शाखा संचालनमा आए पश्चात बैंकको शाखा संजाल देशभर गरी ८७ ओटा पुग्ने जनाइएको छ।

Related News

सम्बन्धित समाचार

  • खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा, १० चैत । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय पोखराले बिक्री केन्द्र विस्तार गरेको छ ।…
  • पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखराको न्युरोडमा स्थापित पाल्पा हाउसको औपचारिक उद्घाटन गरिएको छ । शुक्रबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र तानसेन नगरपालिकाका…
  • सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना

    आदर्श समाज सम्वाददाता चैत्र १०, २०७९
    पोखरा । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएसन (सिटी रेवान) पोखराको अध्यक्षमा दीपक तिमिल्सिना सर्वसम्मत निर्वाचित भएका छन् । संस्थाको…
  • पोखरामा खुल्यो होटल पौवा

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०७९
    पोखरा । होटल पौवा प्रालिले पोखराको लेकसाइडमा होटल पौवाको ११ औं शाखा बिस्तार गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’…
  • होटल पौवाको ११ औं शाखा पोखरामा

    आदर्श समाज सम्वाददाता चैत्र ८, २०७९
    पोखरा । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ मन्त्रका साथ नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले पोखराको लेकसाइडमा…

hero news full width