पोखरा, १७ असोज। सिर्द्धार्थ क्लबले पोखरा सिर्द्धार्थ हेल्थ केयर प्रालिको प्राविधिक सहयोगमा मुटु रोगसम्बन्धी अभिमुखीकरण तथा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ।
बगालेटोल टोल सुधार समितिका अध्यक्ष हिराकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा पोखरामा भएको कार्यक्रममा ८० जनाले निःशुल्क मुटुरोग तथा मधुमेह परीक्षण सेवा लिए।
प्रमुख अतिथि हिराकाजी श्रेष्ठले सिर्द्धार्थ क्लबले स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्ने शिलशिलामा विश्व मुटु दिवस अवसरमा संस्थाका सदस्यका साथै वगालेटोल सेरोफेरोका संघ संस्था र व्यक्तिहरुलाई लक्षित गरी मुटु रोगसम्बन्धी कार्यक्रम आयोजना गरेकोमा धन्यबाद दिदै आगामि दिनमा पनि स्थानीय वासिन्दाहरुलाई केन्द्रमा राखी क्लबले कार्यक्रमहरु आयोजना गर्ने विश्वास व्यक्त गर्नु भयो।
क्लब अध्यक्ष विनोदप्रसाद श्रेष्ठले क्बले महिला, बालबालिका, शिक्षा र वातावरणका क्षेत्रमा पोखरा महानगरपालिका र गाउँपालिकाहरुमा कार्यक्रम गर्दै आएको बताए। संस्थाका मानार्थ सदस्य भक्तराज श्रेष्ठले क्लबका गतिविधिको प्रशंसा गर्दै अन्य क्षेत्रका साथ साथै बगालेटोल क्षेत्रका स्थानीय बाल, युवा, महिला र वृद्धहरुलाई सेवा पुग्ने कार्यक्रमहरु आयोजना गर्न सुझाव दिए। कार्यक्रममा पोखरा सिर्द्धार्थ हेल्थ केयरका सञ्चालक एवँ वरिष्ठ फिजिसियन डामनबहादुर गुरुङले मुटुरोग र सोको उपचारसम्बन्धी जानकारी गराएका थिए।
क्लब सदस्य, बगालेटोल क्षेत्र वरिपरिका स्थानीय संस्थाका सदस्य एवँ बगालेटोलका स्थानीय व्यक्तिको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव प्रमोदनारायण श्रेष्ठले गरेका थिए। स्वागत मन्तव्य क्लबका प्रथम उपाध्यक्ष पार्वती माकाजूले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
आर्वाविजय माविको सुविधायुक्त भवन
चुनावको जात्रा, मकैको व्यापार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९