पोखरा, १६ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सातादिने लामो चीन भ्रमणपछि पोखरा फर्किएका छन् । चीनको हाईनान प्रान्तका गभर्नरको औपचारिक निम्तो मान्न मुख्यमन्त्रीको टोली असोज ९ गते त्यसतर्फ गएको थियो ।
सोमबार नेपाल फर्किएका मुख्यमन्त्री मंगलबार पोखरा आइपुगेका हुन् । पोखरा विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गुरुङले चीन भ्रमणबाट कुनै पनि आर्थिक सहायता नल्याएको बताएका छन् । ‘विदेश गएपछि कति पैसा ल्यायो भनेर सोध्छन् । के-के सम्झौता भयो भनेर सोध्छन्,’ उनले भने, ‘तर मैले केही पनि ल्याएको छैन । उनीहरुलाई गण्डकी प्रदेशको बारेमा जानकारीमात्रै गराएको छु । गभर्नरको टोली पोखरा आएका बेला केही सम्झौता होलान् ।’
विशेषगरी गण्डकी प्रदेश र हाईनान प्रदेश तथा पोखरा महानगर र हाईकावो नगरबीच भगिनी सम्बन्ध स्थापित गर्ने विषयमा सहमति भएको उनले बताए । यसबाहेक टेक्निकल इन्स्टिच्युट स्थापना र नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिमा त्यहाँका कलेज तथा विश्वविद्यालयमा पढाउने सहमति पनि भएको छ । तर औपचारिक सम्झौता भने पोखरामा नै हुनेछ ।
त्यसका लागि नोभेम्वर ११ र १२ तारिखमा हाईनानका गभर्नर सहितको टोली पोखरा आउनेछ । हाईनानका निजी क्षेत्र र अन्य सरकारी निकायबीच पनि परस्पर सम्बन्ध स्थापित गर्ने गरी छलफल भएको उनले बताए । अर्गानिक खेती, नेपालको पर्यटन, उर्जा, औषधि कारखानामा चिनियाँहरु लगानीका लागि इच्छुक देखिएका मुख्यमन्त्री गुरुङले बताए ।
उनले नेपाल संघीय संरचनामा गएको विषय समेत चीनमा जानकारी नभएको बताएका छन् । ‘नेपालमा पनि प्रदेश छ भनेर उनीहरुलाई जानकारी गरायौं । संघीयतामा गएको कुरा पनि थाहा रहेनछ,’ उनले भने, ‘हाईनानमा राजनीतिक स्थिरता छ । नेपालमा अस्थिरताका कारण पनि विकास हुन नसकेको मैले महसुस गरें ।’ अरु देशको नक्कल गरेर आफ्नो ठाउँको विकास नहुने उनले बताए । ‘हाईनान पनि ३० वर्ष पहिले नेपालको कर्णाली जस्तै रहेछ । तर उनीहरुले आफ्नो विशेषता पहिल्याएर त्यसैमा लगानी केन्द्रित गरे,’ उनी भन्छन्, ‘अर्काको नक्कल गरेर विकास हुँदैन भन्ने उदाहरण हामीले देख्यौं । त्यसैले विशेषता पहिल्याएर लगानीको वातावरण तयार गर्ने हाम्रो एजेण्डा छ ।’
संघीय संरचना बनेपछि विदेश भ्रमणमा जाने उनी दोश्रो मुख्यमन्त्री हुन् । तर, औपचारिक भ्रमण भने आफ्नो पहिलो भएको उनले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९