पोखरा, १६ असोज । पोखरा-२५, हेमजाका देवीलाल (कलाधर) सापकोटाको स्मृतिमा उनकी श्रीमती हरिकला र छोरा प्रकाशचन्द्र सापकोटाले १ लाख ११ हजार १ सय ११ रुपैयाँको देवीलाल स्मृति अक्षयकोष स्थापना गरेका छन् ।
लायन्स क्लब अफ पोखरा लालीगुराँसको गभनर्स क्लब भिजिट तथा सम्मान कार्यक्रममा उनीहरुले अक्षयकोष स्थापना घोषणा गर्दै अक्षयकोषवापत रकम क्लब अध्यक्ष धर्मराज भण्डारी तथा कोषाध्यक्ष ऋषिराम पौडेललाई संयुक्तरुपमा हस्तान्तरण गरे ।
लायन्स पोखरा लालिगुराँसले सञ्चालन गर्ने गरी सो अक्षयकोषबाट प्रत्येक वर्ष प्राप्त व्याजले एक जना समाजसेवीलाई १० हजार रुपैयाँ साथमा सम्मानपत्रसहित सम्मान गरिने जनाइएको छ ।
आफ्नो बुवाको सम्झना प्रत्येक वर्ष एक जना समाजसेवीलाई सम्मान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको छोरा प्रकाशचन्द्रले जानकारी दिए। ‘बुबाले आफ्नो जीवनको पूरै समय सामाजिक क्षेत्रमा नै बिताउनुभएकोले सामाजिक क्षेत्रमा काम गरेकालाई प्रोत्साहन गर्ने गरी सम्मान गर्न यो अक्षयकोष स्थापना गरेका हौं, पत्रकारसमेत प्रकाशले भने, ‘जो निःस्वार्थ सामाजिक क्षेत्रमा कटिबद्ध भएर काम गरेको छ, त्यस्तो व्यक्तिलाई सम्मानित गरिने छ।’ अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने उनले बताए।
प्रमुख अतिथि लायन्स क्लब अफ ३२५ वि १ वर्ष २०१८-१९ का डिष्ट्रिक गभर्नर अशोककुमार श्रेष्ठले अक्षयकोषले सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई पे्ररित गर्ने बताए। ‘लायन्स क्लब पनि सामाजिक क्षेत्रमा नै काम गर्ने संस्था भएकोले अक्षयकोषको उद्देश्य क्लबसँग मेल खान गएको छ,’ श्रेष्ठले भने, ‘निःस्वार्थ सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सम्मान गर्ने जुन उद्देश्य अक्षयकोष स्थापना गर्नुभएको छ, उहाँहरुप्रति आभार व्यक्त गर्दछु।’
सो अवसरमा क्लबका स्थायी सदस्यलाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा लायन्स पोखरा लालीगुराँसका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक कमिटी चियरपर्सन केशवशरण पौडेलले क्लब गतिविधिबारे जनकारी गराए।
कार्यक्रममा लायन्स पोखरा लालीगुराँस अध्यक्ष धर्मराज भण्डारी, सचिव कपिलदेव शर्मा, कोषाध्यक्ष ऋषिराम पौडेलले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा कमिटी सेक्रेटरी राम बसेल, चिफ एड्भाइजर धु्रव श्रेष्ठ, सिनियर एडभाइजर एकनारायण शर्मा, रिजन चियरपर्सन मोतिराज तिमिल्सिना, जोन चियरपर्सन लक्ष्मी बराल लगायत बोलेका थिए।
क्लब अध्यक्ष भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष मीनराज तिमिल्सिनाले स्वागत तथा द्वितीय उपाध्यक्ष भरतराज अधिकारी र सचिव कपिलदेव शर्माले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
सिटी रेवान अध्यक्षमा दीपक तिमिल्सिना
लायन्स डेस्टिनेसनमा सन्तोष
वाद्यवादन सामग्री विरतण
६८ युनिट रगत संकलन
अकुपेन्सी बढ्नेमा व्यवसायी आशावादी
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९