पोखरा, १६ असोज । साविक विजेता कमल भण्डारीले आइटिएफ सर्किट-४ टेनिस प्रतियोगितामा ३५ वर्षमाथि एकलतर्फको उपाधि रक्षा गरेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा मंगलबार फाइनलमा भारतका दिलीप मोहन्तीलाई ६-४ र रिटायर्डर्हर्टमा भण्डारीले पराजित गर्दै आइटिएफ सर्किटमा ६० अंक समेत जोड्न सफल भए ।
उपविजेता मोहन्तीले ३५ वर्षमाथिको डबल्स इभेन्टमा भने प्रथम स्थान हासिल गर्दै पूरा ६० अंक बटुले । अभिनाश कुँवरको साझेदार जोडीमा उनीहरुले स्वर्णदीप सिंह र धरमबहादुर लामिछाने जोडीलाई ६-१ र ६-१ सोझो सेटमा पराजित गर्दै समान ६०/६० अंक जोडेका हुन् ।
५५ वर्षमाथि डबल्स उपाधि भारतका पवन जैन र नेपालका मनोजशमशेर राणाको पोल्टामा गएको छ । सो जोडीले भारतका अरुण अग्रवाल र मुर्थाती सुरेशको जोडीलाई ६-१, ६-२ सोझो सेटमा पराजित गरेका हुन् ।
४५ वर्षमाथि एकल उपाधिका लागि भारतका नारायण मूर्ती कोटयाला वेङ्कटेस र पोखराका अमृत कार्की भिड्ने भएका छन् । नारायणले धरमबहादुर लामिछानेलाई ६-३, ६-१ मा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । कार्कीले प्रताप मोक्तानलाई ६-२ र ७-६ (४) मा पराजित गर्दै मूर्तीसंगको भेट पक्का गरेका हुन् । उनको सो उपलब्धि झण्डै एक दशक लामो टेनिस इतिहासमै ठूलो हो ।
५५ वर्षमाथिको उपाधिका लागि कमल थापा र कृष्णराज घले आमनेसामने हुनेछन् । सेमिफाइनलमा घलेले पोखराका अनिल तुलाचनलाई ६-०, ६-० को सजिलो सेटमा पराजित गर्दै अन्तिम दुर्इमा स्थान बनाएका हुन् । यसअघि सोमबारको खेल जित्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका थापा उपाधि नजिक पुगेका छन् ।
Related News
सम्बन्धित समाचार
लोकतान्त्रिक खेलकुदको बधाई
‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’
प्रदेश खेलकुद परिषद्को प्रशासनिक भवन उद्घाटन
नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुटिसक्यौं : सदस्यसचिव घिसिङ
हेमजा गोल्डकपबाट १० लाख बचत
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९