लमजुङ, १६ असोज। ठाडोभाका शिरोमणि भेंडीखर्के साहिँलाको शालिक निर्माण गरिएको छ।
सुन्दरबजार नगरपालिका- ६, स्थित लक्ष्मीनारायण मन्दिर परिसरमा निर्मित उनको शालिक राष्ट्रिय गानका रचायिता प्रदीपकुमार राई ‘व्याकुल माइला’ ले अनावरण गरेका हुन्।
कार्यक्रममा व्याकुल माइलाले लमजुङको मौलिक लोकलयमा आधारित ठाडोभाका गीतको संरक्षणमा भेंडिखर्के साहिँलाको उच्च योगदान रहेको बताए। उक्त गीतको संरक्षण भएको खण्डमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विचार व्यक्त गरे । राज्यले सबै स्रष्टाहरूको सम्मान गर्नु सक्नु पर्छ व्याकुल माइलाले भने।
भेँडीखर्के साहिं’ला स्मृति प्रतिष्ठान, लमजुङ अध्यक्ष शम्शेरबहादुर लौडारीले भेंडीखर्के साहिँंलाले आजीवन ठाडोभाका संरक्षणमा लागेका कारण उनको योगदानको उच्च कदर गर्नुका साथै सम्मान र सम्झनाका लागि शालिक निर्माण गरिएको बताए। उनका अनुसार भेंडीखर्के साहिँलाको वाषिर्क पुण्यतिथि पारेर शालिक अनावरण गरिएको हो।
प्रतिष्ठानको पहल तथा विभिन्न सहयोगी व्यक्ति तथा संघसंस्थाको सहयोगमा उक्त शालिक निर्माण गरिएको हो।
दोहोरी गीतका रूपमा गाइने ठाडोभाकाका सर्जक दुराडाँडास्थित हाडीखोलाका देउबहादुर दुरा हुन्। लमजुङका मेलापात तथा पाखा पखेरामा ठाडोभाका गुञ्जन थालेको एक शताब्दी बितिसकेको छ। ठाडोभाकालाई लोकदोहोरी गीतको जननी पनि भनिन्छ।
भेंडीखर्के साहिँलाको गत वर्ष भदौ २६ गते ८५ वर्ष उमेरमा निधन भएको हो। निधनको तीन महिना अघिसम्म उनले ठाडोभाका गीत गाइरहेका थिए। जीवनको अन्तिम दिनमा उनले आफू मरे पनि ठाडोभाका नमरोस् भनी यसको संरक्षणमा लाग्न प्रेरित गर्थे ।
Related News
सम्बन्धित समाचार
भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै
स्याङ्जा जिप दुर्घटनामा परिवारका सदस्य गुमाएका अर्जुन भन्छन्, ‘नसोचेको भयो’
विश्व गधा दिवस मनाइँदै, लोप हुने अवस्थामा गधा
स्वास्थ्य संस्थामा पनि दुई दिन बिदा
नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९