पोखरा, १६ असोज। असल छिमेकी नेपालको १६ औं वाषिर्क साधारणसभा तथा अधिवेशनले अध्यक्षमा भरतबहादुर गुरुङलाई चयन गरेको छ।
आगामी ३ वर्षे कार्यकालको लागि उपाध्यक्ष मुक्तिनाथ ढकाल, सचिव प्रकाश भुजेल, कोषाध्यक्ष पूर्णलाल कायस्थ, सदस्य रिचल घिमिरे, विष्णुकुमारी गुरुङ, दुर्गा गुरुङ, विन्दु राई, नरबहादुर परियार, मीनबहादुर गुरुङ, राम कुमार श्रेष्ठ चयन भए।
असल छिमेकी नेपाल पोखरेली ख्रीस्टिय समुदायको पहलमा सामाजिक सेवाको माध्यमबाट सर्वाङ्गीण विकास गर्ने उद्देश्यले स्थापना भएको गैरसरकारी संस्था हो।
प्रमुख अतिथि पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष हरिराम घिमिरेले एभोकाडोको बेर्ना रोपेर कार्यक्रम उद्घाटन गरेका थिए।
असल छिमेकी नेपालका कार्यकारी निर्देशक राजेन्द्रकुमार अधिकारीले संस्थाको वाषिर्क प्रतिवेदन, योजना र बजेट प्रस्तुत गरेका थिए। कार्यक्रममा नवआदर्श सामुदायिक विकास समाजका पूर्व अध्यक्ष सञ्जय अधिकारीले असल छिमेकी नेपालसँगको सहकार्यले आफ्नो जीवनमा ठूलो परिवर्तन आएको बताए। त्यस्तै सगोलका निर्देशक राजकुमार रायमाझीले आफू अर्कै संस्थामा आवद्ध भए पनि असल छिमेकीको कामबाट निकै प्रभावित भएको बताए।
आईएनएफ नेपालका कार्यकारी निर्देशक कृष्ण अधिकारीले असल छिमेकी नेपालको पारदर्शिता अनुकरणीय पक्ष भएको उल्लेख गरे।
Related News
सम्बन्धित समाचार
होटल संघ गण्डकीमा हरि शर्मा
कृष्ण भुजेललाई सहिद घोषणा गर्न माग
सोंपाल समाजको ९ लाख सहयोग
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा क्यालेन्डर विमोचन
५ रुपैयाँ प्रति किलो काक्रो
hero news full width
मुख्य समाचार
धनराज र मञ्जु जीत नजिक
पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९कास्कीकाे अन्नपूर्ण गाउँ पालिकाले स्वास्थ्य विमामा ५० प्रतिशत बेहोर्ने
जेठ ९, २०७९होटल संघ गण्डकीमा हरिप्रसाद शर्मा
जेठ ९, २०७९युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
जेठ ९, २०७९आमाको प्रेरणाले समाजसेवामा लागें : पूर्व मेजर डिलबहादुर
जेठ ९, २०७९