पोखरा, १५ असोज । नयाँ राजनैतिक दल पिपल्स् एक्सन पार्टीले नेपालमा मृत्युदण्ड व्यवस्था शुरु गर्ने बताएको छ। ‘शान्ति, सुरक्षा र समृद्धि हाम्रो दर्शन हो’ भन्ने नारा बोकेर पाँचतारे होटल पोखरा ग्राण्डमा घोषणा गरिएको उक्त पार्टीले मृत्युदण्डको व्यवस्था शुरुवात गर्ने घोषणापत्रमा उल्लेख गरेको छ।
पिपल्स् एक्सन पार्टी नेपालका अध्यक्ष बलराम थापामगरले ३१ बुँदे घोषणपत्र वाचन गर्दै नेपालमा नयाँ व्यवस्थाको शुरुवात गर्न पार्टीघोषणा गरिएको दाबी गरे । उनले आफ्नो पार्टीसत्तामा गएपछि लागू गर्ने विभिन्न कार्यक्रमहरु बुँदागत रुपमा पढेर सुनाएका थिए। पिएपी नेपालको घोषणापत्रमा निःशुल्क शिक्षा नीति, बालबालिकाको संरक्षण नीतिलाई सबैभन्दा बढी जोड दिइएको छ।
पिएपीले राष्ट्रियताको अधिकारमा एक पटकको नेपाली सँधैको नेपाली, पुस्तादेखी पुस्ता सम्म वंशजको नाताले उ सँधैको लागी नेपाली हुनेछ भन्ने घोषणापत्रमा उल्लेख गरेको छ। ‘१८ वर्ष पुगेपछि हरेक नेपाली नागरिकले दुर्इ वर्ष अनिवार्य रुपमा राष्ट्रको सेवा गर्नुपर्नेछ’ अध्यक्ष थापामगरले भने, ‘दुर्इ वर्ष राष्ट्र सेवा गरेपछि हरेक युवा गलत कार्य गर्नबाट बच्नेछ, उनीहरुले अनुशासन र कानुनी शासनबारे सिक्नुका साथै देशलाई संकट परेको बेला योगदान दिनेछन्।’
पार्टीका उपाध्यक्ष नरेश कोन्मेले पार्टीले प्रहरीले जनतालाई दिनुपर्ने सेवा प्रभावकारी रुपमा दिए/नदिएबारे छानविन गर्न स्वतन्त्र प्रहरी आयोग गठन गरिने पार्टीको नीति रहेको बताए। ‘नेपालका ७७ वटै जिल्लामा जागिर केन्द्र अर्थात जब सेन्टर खोलिनेछ’ उपाध्यक्ष कोन्मेले भने । उनले पार्टीको नेपाल कल्याण सेवा नीतिअन्तर्गत हरेक नागरिकले ६५ वर्ष पुगेपछि सामाजिक सुरक्षा भत्ता पाउने र बालबालिकालाई १५ वर्ष नपुगेसम्म बालबालिका भत्ता उपलब्ध गराइने बताए। ‘घरबारविहीन नागरिकका लागि सरकारी घर उपलब्ध गराइनेछ। यसका लागि उनीहरुले न्यूनतम शुल्क तिर्नुपर्नेछ,’ उनले भने। उनका अनुसार नेपालमा आवतजावत गर्न राहदानी प्रणाली लागू गरिनेछ। पार्टीको श्रम कैद नीतिअन्तर्गत हरेक कैदीले अनिवार्य रुपमा दैनिक १५ घण्टा काम गर्नुपर्ने व्यवस्था लागू गरिने उनले बताए। घोषणापत्रमा प्रधानमन्त्रीको पदावधि ५ वर्षको मात्रै हुने र एकपटक प्रधानमन्त्री भएपछि फेरी हुन नपाइने उल्लेख छ। पार्टीघोषणा कार्यक्रम शुरु हुनु अघि अध्यक्ष लगायत पदाधिकारीलाई पोखरा ग्राण्डको गेटबाट पञ्जेबाजासहित कार्यक्रमस्थल प्रवेश गराइएको थियो। त्यस अवसरमा सामाजिक अभियन्ता इन्दिरा रानामगर, बेलायती सेनाका भूपू कणेल जेपी क्रस लगायतको उपस्थिति थियो। पार्टीका भूपू गोर्खा सैनिकहरुको वर्चश्व छ।
Related News
सम्बन्धित समाचार
कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा डा. गिरधारि शर्मा पौडेल
रोशनबहादुर गाहा गण्डकी सरकारको प्रवक्ता
अनेरास्ववियु बागलुङ अध्यक्षमा जिसी
गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा
hero news full width
मुख्य समाचार
गण्डकीको योजना आयोग सदस्यमा डा. सुभाष र डा शान्ता
कालीगण्डकी नदीबाट अयोध्या लैजाँदै गरिएको शिलामा जानकी मन्दिरमा विशेष पूजा
माघ १५, २०७९हिमाली संस्कृतिको अनुपम गन्तव्य ल्होमान्थाङ
माघ १५, २०७९पूर्व गृहमन्त्री रवि लामिछानेले लिए नागरिकता
माघ १५, २०७९रवि लामिछानेले आज नेपालको नागरिकताका लागि प्रक्रिया अगाडि बढाउने
माघ १५, २०७९गण्डकी प्रदेश र एपिएफ टाइगर कप च्याम्पियन
माघ १४, २०७९