हेमजा, १५ असोज। माछापुच्छे-८, खोरामुखस्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा जारी शैक्षिक एवं धार्मिक महोत्सवको मध्यतिर आइपुग्दा दानवीर तथा भक्तजनको सहभागिता बढ्दो छ ।
सोमवारसम्म कुल २५ लाख रुपैयाँ बढी संकलन भएको मूल आयोजक समितिले जनाएको छ ।
सोमवार बलराम गौतम ठुटुङ्गेबाट ५५ हजार ५ सय ५५, तक्रो तामाङ समाज माछापुच्छे्र ९ बाट ३० हजार ५ सय ९५, धर्मदत्त दाहाल लुम्रेबाट ७१ हजार ७ सय ७७, कृष्णबहादुर गुरुङ भीमकालीपाटनबाट ५१ हजार १ सय ५ महायज्ञमा प्राप्त भएको छ ।
त्यस्तै लुम्रे समाज लुम्रेबाट ३७ हजार ५०, सूर्यमान गुरुङ खोरामुखबाट १ लाख ५ सय ५५, बबितमान गुरुङ खोरामुखबाट १ लाख १ हजार, बलबहादुर थापामगर लुम्रेबाट २० हजार १ सय, माछापुच्छे्र सेवा समाज हेमजाबाट २२ हजार २ सय २५, महेश्वर दवाडी कोलेलीबाट २५ हजार १ सय २५, दण्डपाणि चापागार्इं खोरामुखबाट ५१ हजार, खोरामुख आमा समूहबाट ५० हजार ५ सय ५५ लगायत अन्य थुपै दानवीरबाट सहयोग प्राप्त भएको शिक्षक टीकाराम गौतमले जानकारी दिए ।
यसअघि, आइतवार विद्यालय प्रधानाध्यापक बलराम रानाभाटले आफ्ना पिता नरबहादुर रानाभाटको स्मृतिमा १ लाख ११ हजार १ सय ११, रत्नकुमारी गुरुङ खोरामुखबाट तुलादान सहित ६१ हजार ५, जसोदा गुरुङ गणेशटोलबाट ५० हजार ५ सय ५५, रमिला गुरुङ (हाल बेलायत) बाट ३० हजार ५ सय, रामदेवी गुरुङ गणेशटोलबाट २५ हजार १, रत्न गुरुङ अन्नपूर्ण गाउँपालिकाबाट २५ हजार १ रुपैयाँ दान सहयोग प्राप्त भएको छ ।
त्यसैगरी जगन गुरुङ अमरसिंहचोकबाट २५ हजार १, सुनिता गुरुङ बिरौटाबाट २५ हजार १, चित्रबहादुर गुरुङ ल्वाङबाट २० हजार ५ सय ५५ रुपैयाँ प्राप्त भएको छ ।
सोमवार महोत्सवमा बोल्दै नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले विद्यालय शिक्षालाई व्यवहारिक बनाउनुपर्नेमा जोड दिए । उनले पवित्र उद्देश्य राखी महोत्सव आयोजना गरिएकाले सफल हुने विश्वास व्यक्त गरे । यसअघि, गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले शिक्षाको गुणस्तरीय विकासमा गाउँपालिकाले उचित ध्यान दिने उल्लेख गर्दै महोत्सवमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिएकी थिइन् ।
हालसम्म महोत्सवमा ६२ जनाले जिन्सी सहयोग गरेका छन् । स्थानीय जयनारायण पराजुलीले कर्ताको भूमिका निर्वाह गरेका छन् । त्यस्तै ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई आइतवार सम्मान समेत गरिएको थियो । मूल समारोह समिति संयोजक ललितमान गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम शेखर शर्मा पौडेलले संचालन गरेका थिए ।विद्यालयको सर्वाङ्गीण विकासको लागि आर्थिक संकलन गर्ने मूल उद्देश्यका साथ गत असोज १२ देखि शुरु महोत्सव असोज २० सम्म चल्नेछ । महोत्सवमा वाल योगेश्वर महाराज श्रीले भागवत् कथा वाचन गरेका छन् ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
नौमती बाजाः जीतको पर्याय
सार्वजनिक बिदाका दिन चलेका सरकारी गाडी नियन्त्रणमा
hero news full width
मुख्य समाचार
पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९पालिका प्रमुखको पहिलो निर्णय : बढाउने होइन, बाँड्ने
जेठ १०, २०७९