‘पत्रकारिता गर्नेलाई कसैले रोक्न सक्दैन’

आदर्श समाज सम्वाददाता
असाेज १६, २०७५
IMG_1123

पोखरा, १५ असोज।आचारसंहिताभित्र रहेर आम जनताका हितमा काम गर्ने पत्रकारलाई कसैले रोक्न नसक्ने धारणा यहाँ एक कार्यक्रममा वक्ताले राखेका छन्।

क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रीय समितिद्वारा पोखरामा सोमवार आयोजित मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक अन्तरक्रिया कार्यक्रममा उक्त धारणा व्यक्त भएको हो।

कार्यक्रमका प्रमुख अतिथि रातो खबर प्रकाशन गृहका निर्देशक गुणराज लोहनीले आम जनतालाई सचेत गराउनु पत्रकारको कर्तव्य भएको बताए।

उनले भने- ‘राजनीतिक आन्दोलन टुङ्गोमा नपुगेको र शासनसत्ता सही रुपमा अघि नबढेका कारण देशमा हत्या, बलत्कारलगायत अनेक विकृति देखापरेको छ।’ पत्रकारले जनताको अधिकारको कुरा गर्नुपर्नेमा उनको जोड थियो।नेकपा माओवादी क्रान्तिकारीका नेता श्रीनाथ अधिकारीले मानवअधिकार सबैको परिभाषा एउटै भए पनि व्यवहार फरक भएको भन्दै श्रमजीविको अधिकारको कुरा उठाउनुपर्ने बताए।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले मानअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सबैको साझा मुद्दा भएकाले यसमा सबै एक हुनपर्नेमा जोड दिए।

इन्सेक क्षेत्रीय प्रमुख शिव खकुरेलले मानवअधिकार उल्लंघन घटना सञ्चार माध्यममार्फत सार्वजनिक हुँदा दोषी उम्कन नपाउने र सजायँको भागिदार बन्ने बताए। पोखरा उच्च अदालत बार एशोसिएशनका अध्यक्ष रोहितराज बास्तोलाले भने – ‘मानवअधिकार र प्रेस स्वतन्त्रततालाई कुनै सीमामा बाँध्न सकिँदैन।’

नेपाल पत्रकार महासंघ प्रदेश समितिका सचिव रुद्रश्रीसले फौजदारी संहिताबाट प्रेस जगत त्रसित रहेको उल्लेख गर्दै सञ्चार अझै आवाजविहिनहरुको आवाज बन्न नसकेको बताए। नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले मावनअधिकारका सम्बन्धमा कसैसँग पनि विमति नरहेको बताउँदै भने-’खोज पत्रकारिता पनि जनताकै लागि गरिने कुरा हो।’

जिल्ला अदालत बार एशोसिएसन कास्कीका अध्यक्ष मुक्ति सापकोटाले कानूनमा लेखिए पनि नलेखिए पनि मानवअधिकार मानव भएका नाताले भोग्न पाउने अधिकार भएको बताए।

शान्तिका लागि नागरिक सञ्जाल कास्कीका अध्यक्ष विष्णु बरालले गलत गर्नेले राजनीतिक संरक्षण पाएका कारण देशमा अपराध बढेको बताए।

राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका सूचना प्रविधि सहायक सन्तोष बरालले देशमा आर्थिक तथा कानूनी अधिकार कमजोर भएको बताए।

क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य ओम हमालले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन महासचिव हिम विष्टले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • पर्वतीय संग्रहालयमा फोटो प्रदर्शन

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा अबदेखि फरकफरक भूगोलका एकै प्रकारको हिमाली जनजीवन चिनाउने गरी अस्ट्रियन आमाछोरीले लामो समय लगाएर खिचेको…
  • सरकारको आलोचनामात्र गर्नु गलत : मन्त्री सिंखडा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    पोखरा । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संघसंस्थासँग छलफल तथा अन्तरक्रिया गरेको छ…
  • अनुगमनमा ३ पसललाई कारबाही

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लमजुङ । जिल्ला सदरमुकाम बेंशीसहरमा मापदण्डविपरीत सञ्चालित ३ पसल कारबाहीमा परेका छन् । जिल्ला अनुगमन समितिले २ किराना र १…
  • भूपू सैनिक सहकारीको सभा

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    हेमजा । पोखरा २५, हेमजास्थित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार सम्पन्न भयो ।…
  • लेखनाथ कुटानी पिसानी व्यवसायी समितिमा विष्णु

    आदर्श समाज सम्वाददाता असाेज ११, २०८०
    लेखनाथ । लेखनाथ कुटानी पिसानी व्यवसायी समितिको अध्यक्ष विष्णुप्रसाद लमिछाने चयन भएका छन् । संस्थाको बुधबार सम्पन्न १०औं साधारण सभा…

hero news full width