पोखरा, १५ असोज। पोखरा न्यूरोडमा प्रधानकार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले नारायणगढ र कावासोतीमा शाखा विस्तार गरेको छ।
उक्त शाखाहरुको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडलले गरेका थिए।
कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ एवं नवलपुर उद्योग वाणिज्य संघका महासचिव बैकुण्ठ अर्यालले शुभकामना मन्तव्य दिनुको साथै वित्तीय संस्थाका कार्यकारी प्रमुखबाट स्वागत एवं अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद ज्ञापन गरेका थिए।
अधिकृत पुँजी १५० करोड एवं चुक्ता पुँजी ८१ दशमलब ६४ करोड रहेको संस्थाको हालसम्म निक्षेप ४ अर्ब ५७ करोड तथा कर्जा लगानी ४ अर्ब २६ करोड एवं जगेडा कोषमा ३५ करोड ७५ लाख रहेको छ।
उक्त दुवै शाखाहरु मार्फत् संस्थाले निक्षेप एवं कर्जा तथा मोवाइल बैंकि·, सिआस्वा लगायतका सेवा दिनुका अलावा निकट भविष्यमा बुटवल, पालु·टार, बाँझापाटन र शारदानगरमा समेत थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले दिए।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९