आचार्य बालकृष्णलाई अभिनन्दन

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७५
Manav Meelan

वालिङ, १४ असोज । वालिङ नगरपालिका ११ बाहुन डाडाँमा योग शिरोमणि रामदेवका अनुयायी आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण सुबेदी महाराजलाई एक कार्यक्रमबीच स्वागत तथा अभिनन्दन गरिएको छ । वालिङ नगरपालिका, पतञ्जली योगपीठ स्याङ्जा, श्रवणकुमार प्रतिष्ठान र स्थानीय नागरिकले आचार्य बालकृष्ण महाराजको अभिनन्दन गरेका हुन् ।

आचार्य बालकृष्णले वालिङ क्षेत्रको विकास र विस्तार लागि गरेको सहयोगको उच्च मुल्यांकन गर्दै स्वागत तथा अभिनन्दन गरिएको आयोजकले बताएका छन् । अभिनन्दनमा भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले अस्पताल नहुदाँ आयुर्वेद

बिधाले पुस्ता बचाएको बताइन् ।

उपचारको लागि मुख्य श्रोत आयुर्वेद शिक्षा भएको बताउदै मन्त्री अर्यालले बालकृष्णको आयुर्वेदको अभियानले मानबलाई निरोगी बनाउने काम गरेको धारणा व्यक्त गरिन् । आयुर्वेदको बिधीबाट रोगबाट नेपालीलाई मुक्त गराउनुपर्नेमा जोड दिदै मन्त्री अर्यालले सबै नेपाली घोलटापे्रेको प्रयोगमा पर्कनु पर्ने बताइन् । समृद्धि र विकासमा लागि नेपाल फर्केर केही गर्न आचार्य बालकृष्णलाई आग्रह गर्दै मन्त्री अर्यालले नेपालमा मात्रै आयुर्वेदको सोचले सार्थकता पाउने बताइन ।

मुलकको आवश्यकता आयुर्वेद चिकित्सा प्रद्धति भएको बताउँदै मन्त्री अर्यालले ३५ वर्षको असेटबाट वालिङवासीलाई मेटाउनुपर्ने बताइन् । आयुर्वेद र योगको विकासमा सरकार तल्लिन रहेको दाबी गर्दै मन्त्री अर्यालले आरोग्य नेपाल संस्था नेपालमा आयुवेद स्थापना गर्न अग्रसर रहेको जानकारी दिइन् । अर्यालले आयुर्वेदको क्षेत्रमा योजना र एजेण्डा बनाएर आएमा सरकारले पैसा हालेर काम सफल बनाउन लाग्ने बताइन् ।

कार्यक्रममा आयुर्वेद शिरोमणि आचार्य बालकृष्ण महाराजले नेपाली जस्तो इमान्दार बिश्वमै नभएको बताए । त्यसैगरी अभिनन्दित बालकृष्णले माया पाएको खण्डमा जडीबुटी, जवानी, जल, जंगल र जमिनको माध्यमबाट नेपालीहरुको मुहार फेरिदिने बताए । उनले नेपालमा धेरै सम्भावना रहेको बताउँदै नेपाल सरकारसँग पनि मिलेर काम गर्न आफू तयार रहेको बताए । कार्यक्रममा संघका सांसद मुकुन्द न्यौपाने, प्रदेश सांसद मोहन रेग्मी, वालिङ नगरपालिकाका नगरप्रमुख दिलिपप्रताप खाँण, भिरकोट नगरपालिका प्रमुख छायाँराम खनाल, गुरुदत्त सुबेदीलगायतले मन्तब्य राखेका थिए ।

आचार्य बालकृष्णको पहल र सहयोगमा वानपा क्षेत्रमा ५ हजार रोपनीमा १६ अर्बको लगानीमा आयुर्वेद कलेज, रिर्र्सच सेन्टर, अस्पताल, सभाहल, होस्टल, जडिबुटी नर्सरी, बालउद्यान, ज्ञान पार्क खोल्ने तयारी गरिएको नगर प्रमुख दिलिप प्रताप खाँणले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width