अमेरिका, १४ असोज। पराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गैरआवासीय नेपालीलाई नेपालको विकासमा साझेदार बन्न आग्रह गरेका छन् ।
नेपाल अमेरिका पत्रकार संघले शनिवार टेक्सासमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पराष्ट्रमन्त्री ज्ञवालीले गैरआवासीय नेपालीलाई नेपालको विकासको साझेदारको रुपमा अगाडि लैजाने बताए । ‘संस्कृति, भाषा तथा नेपालीत्वको हिसाबले पनि गैरआवासीय नेपालीहरु बृहत् नेपालीकै अंग हुन,’ उनले आगडी भने, ‘गैरआवासीयको ज्ञान सिप तथा दक्षता नेपालको विकासमा कोसे ढुंगा सावित हुनेछ ।’
विदेशमा दक्ष नेपाली जनशक्ति रहेकाले पनि उनीहरुको सिप दक्षता प्रयोगले नेपालको विकासमा सहयोग पुग्ने ज्ञवालीको तर्क थियो । उनले गैरआवासीय नेपाली नेपालको विकासको साझेदारको रुपमा रहेको दोहोराए ।
उनले वर्तमान सरकारको मुख्य ध्यान समग्र आर्थिक विकासमा केन्द्रीत रहेको बताए । उनले अल्पविकसित चरणबाट २०३० सम्म नेपालको विकास मध्यसम्म आइपुग्ने दाबी गरे । छिमेकी मुलुकसंग पनि सरकारले सम्बन्ध सुधार गर्दै लगेको जानकारी दिए । मन्त्री ज्ञवालीले केही ऐतिहासिक समझौता पनि भएको बताए ।
उनले चीनसंग ट्रान्जिट ट्रान्सपोर्टको पोर्टकलमा हस्ताक्षर भएको बताए । उनले सम्झौतालेले नेपालले चीनको सबै बाटोहरु प्रयोग गर्न पाउने भएकाले बिगतमा जस्तो नाकाबन्दी झेल्नु नपर्ने धारणा व्यक्त गरे । पछिल्लो क्रममा नेपालमा घटेको घटनाहरुप्रति इंगित गदै मन्त्री ज्ञवालीले सरकार त्यसमा गंभीर रहेको प्रष्टाए । ‘नागरिकको सुरक्षा र सीमाको सुरक्षामा सरकारको ध्यान केन्द्रत छ,’ उनले भने-सुरक्षा गर्नु सरकारको दायित्व हो, यसमा उपयुक्त ढंगले कदम चाल्छ ।
राजनीतिक कुरा गरेनन् ज्ञवालीले
न्युयोर्कमा आयोजित ७३ औ महासभामा भाग लिन आएका पराष्ट्र मन्त्री ज्ञवालीले आन्तरिक राजनीतिबारे भने केही बोल्न चाहेनन् ।
उनले पत्रकारलाई भने आफूले त्यो बन्धनभित्र राख्न नचाहेको बताउदै थिए । ‘म आन्तरिक राजनीतिको कुरा गर्न चाहन्न,’ उनले भने, ‘अहिले म दलको हैन राज्यको प्रतिनिधित्व गरेर आएको हु“ ।’
उनले मुलुक छाडेर आएपछि घरभित्रको समस्या पोख्नु त्यति जायज नभएको प्रष्ट पारे । देश छाडेपछि देशभित्रको आन्तरिक कुरा गर्न नचाहेको उनले दोहोराए ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
हरिनासमा गठबन्धनले जिते निशुल्क स्वास्थ्य बिमाः भुजेल
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९