स्याङ्जा, १४ असोज।कञ्चनपुरका १३ बषिर्या निर्मला पन्तको बलात्कारपछि हत्यालगायत समसामयिक घटनाका बिरोधमा स्याङ्जामा बिद्यार्थीले प्रदशन गरेका छन् । स्वतन्त्र बिद्यार्थी यूनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाको आयोजनामा आइतवार बलात्कार, दण्डहीनता, महंगी, भाडा बृद्धि बिरुद्ध सदरमुकाममा प्रदशन गरेका हुन ।
सदरमुकाम समेत रहेको पुतलीबजार नगरपालिका १ स्थित क्याम्पसबाट सुरु भएको बिरोध र्यालीले सदरमुकामका मुख्य बजार भिमसेनचोक, बैंकरोड, ठाडोलाइन, अभियानपथ, लोकतान्त्रिकचोक, वीपीचोक, चौकी, हुलाकमार्ग हुँदै सहिदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै क्याक्पस प्रमुख अर्जुनबन्धु अर्यालले अमानवीय प्रकृतीका यस्ता घटनाको तत्काल समाधान नगर्दा बलात्कार र हत्या जस्ता हिंसात्मक घटना दिनप्रतिदिन बढ्दै गएको बताए । सरकारले तत्काल दोषी पत्ता लगाई कानूनी कठघरामा ल्याउनुपर्ने अर्यालले जोड दिए । स्वतन्त्र बिद्यार्थी यूनियन त्रिभुवन आदर्श बहुमुखी क्याम्पस स्याङ्जाका सभापति सुनिलबाबु चापागाईले बहुमतप्राप्त सरकार, समावेशीका कुरा गर्ने सरकार कलिला नानीहरु दिनदहाडै निमोठिदा मौन बस्नु लाचारीपन रहेको आरोप लगाए । महिना दिनमा पटक पटक पेट्रोलियम पदार्थमा बृद्धि, यातायात भाडा दर र खाद्यपदार्थको बृद्धिले सबैभन्दा बढी बिद्यार्थी बर्ग प्रभावित बनेको उल्लेख गरे । कार्यक्रममा स्ववियू उपसभापति गौरब प्रधान, नेपाल बिद्यार्थी संघका क्षेत्रीय सभापति बिज्ञान भण्डारी, बिद्यार्थी बर्षा खड्का, बिद्यार्थी नेता कुमार हिताङलगायतले दोषीलाई तत्काल पक्राउगरी कानूनी कठघरामा पुर्याउन र बढ्दो महंगी तत्काल घर्टाई नेपाली नागरिकलाई शान्तिसँग बाँच्न पाउने अधिकारको सुनिश्चिता गर्न आग्रह गरे।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
राष्ट्रपति पौडेललाई सामाजिक लोकतन्त्र अध्ययन केन्द्रको बधाई
राष्ट्रपतिलाई प्रजातान्त्रिक विकास समाजले दियो बधाई
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
न्यायिक समितिबीच अनुभव साटासाट
hero news full width
मुख्य समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९