केभसिटी मिडियाले भलिवल प्रतियोगितामा पाएको पुरस्कार श्रेया बिक सुनारको परिवारलाई हस्तान्तरण गरेको छ । पोखरा टुडिखेलमा असोजको १२ र १३ गते सम्पन्न प्रथम केभसिटी मिडियाकप भलिवल प्रतियोगितामा आयोजकले प्राप्त गरेको दोश्रो पुरस्कार राशी नगद २२ हजार २ सय २२ रुपैया कास्की पुम्दी भुम्दी २२ दहरामा रहेको मृतक बिकको परिवारलाई हस्तान्तरण गरिएको हो । गत असोजको ८ गते हत्या भएकी श्रेयाको घरमा पुगी उनकी आमा वेलकुमारी बिक, ठूलो बुवा मिनबहादुर बिक र हजुरवुवा तिलकबहादुर बिकलाई मिडियाका अध्यक्ष दुर्गाप्रसाद आचार्य, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले नगद प्रदान गरेका थिए । सो अवसरमा वोल्दै कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर रानामगरले हत्यारा पक्राउ परिसकेकाले अव कानुन अनुसारनै हत्यारा कुसुम पौडेललाई जन्मकैद र हदैसम्मको कारबाही गर्ने प्रतिवद्धता ब्यक्त गरे । पीडित परिवारप्रति धैर्यधारण गर्न प्रहरी उपरीक्षक रानामगरको आग्रह थियो ।
सो अवसरमा बोल्दै मृतककी ठूलो वुवा मिनबहादुर बिकले घटनामा पक्राउ परेका कुसुमलाई मुलुकको कानुनअनुसार कारबाही गर्न कास्की प्रहरी प्रमुख ओमबहादुर रानामगरलाई आग्रह गर्दै दुखको वेलामा केभसिटी मिडियाले आर्थिक सहयोग गरेर पुर्याएको सहयोग प्रति धन्यवाद प्रकट गरे । उनले छिट्टै नै आफ्नो छोरीको शव बुझी दाहसंस्कार गर्ने समेत वताए । केभसिटी मिडियाका संचालक भिम थापाले गत असोज ८ गते हत्या भएकी श्रेया बिकको परिवारको आर्थिक स्थिति अतिनै दयनीय अवस्थामा रहेको र उनको आमा पनि विरामी भइरहने गरेको थाहा पाएपछि आफूहरुले आयोजना गरेको मिडियाकप भलिवल प्रतियोगितामा दोश्रो स्थान हासिल गरी पाएको पुरस्कारलाई सामाजिक काममा खर्च गर्नुपर्छ भन्ने ठानेर उनकै घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको वताए । मिडियाको काम समाचार सम्प्रेसण मात्र नभई सामाजिक कामपनि भएकाले आफूले सक्ने सहयोग गर्नुपर्छ भन्ने सन्देश प्रदान गर्नका लागिपनि केभसिटी मिडियाले आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिने समेत थापाले वताए ।
Related News
सम्बन्धित समाचार
पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
अम्बिका भागवत् फाउन्डेसनको सहयोग
गठबन्धनले सबैभन्दा फाइदा कांग्रेसलाईः देउवा
डिप्लोमा इन्जिनियर्समा अनिल
‘महानगरका पाँच वर्ष’ विमोचन
hero news full width
मुख्य समाचार
जहाँ पुरानो जीत दोहोरिएन…
तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९काठमाडौंको ताजा मतपरिणाम : बालेन्द्र शाह अग्रस्थानमा
वैशाख ३१, २०७९भरतपुरमा रेनु दाहालको आग्रता
वैशाख ३१, २०७९