लमजुङ, १४ असोज । हिमालपारीको जिल्ला मनाङ जोड्ने एकमात्र बेसीशहर-चामे सडक १९ दिनपछि सुचारु भएको छ । यद्यपी, जोखिमपूर्ण यात्रा भने ज्यूँका त्यूँ छ । अविरल वर्षाका कारण सडकको विभिन्न स्थानमा पहिरो गएका कारण यातायात अवरुद्ध भएको थियो ।
गत भदौ २७ गतेदेखि अवरुद्ध सडक आइतबारबाट सुचारु भएको मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार सडक सुचारु भएसँगै १९ दिनदेखि टुटेको दुबै जिल्लाको सडक सम्बन्ध पुनः सुचारु भएको छ । बेसीसहर-चामे सडक खुलाउन डिभिजन सडक कार्यालय दमौलीबाट पहल भएको र जनप्रतिनिधी र स्थानीयको सहयोगकै कारण समयमै सडक खुलाउन सकिएको लमजुङका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । उनका अनुसार लमजुङ र मनाङ जोड्ने एक मात्र बेसीसहर चामे सडक सुचारु भएसँगै पैदलयात्रु र पर्यटकलाई सहज भएको छ ।
अवरुद्ध सडकमा सेवा सञ्चालनका लागि लमजुङको उदीपुरमा रहेको श्रीजङ गणका नेपाली सेनाले विष्फोटक पदार्थ प्रयोग गरी पहिरो हटाउनुका साथै पहरो खोपेर पुनः सडक बनाएको प्रजिअ ढकालले बताए । उनका अनुसार सडकको पुनः निर्माण कार्यमा नेपाली सेनालाई नेपाल प्रहरी, सडक डिभिजन, सांसद, जनप्रतिनिधी, स्थानीय र आसपासका जलविद्युत आयोजनाका कर्मचारीले साथ दिएका थिए । सडक सुचारु भएसँगै आवतजावतमा सहज भएको मनाङ चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र घलेले बताए । उनका अनुसार सडक खुल्ोसँगै पर्यटकीय सिजन शुरु भएकाले आन्तरिक तथा बाहृय पर्यटकलाई सहज हुने भएको छ । बेसीसहर-चामे सडक करिब ६५ किमिरहेको छ जसमध्ये लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी पर्दछ ।
Related News
सम्बन्धित समाचार
बलात्कार मुद्दाको हदम्याद हटाउने प्रधानमन्त्रीको आश्वासन
प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
५ सचिवको सरुवा
मुख्यमन्त्री पोखरेल– भारतीय कार्यवाहक राजदूत भेट, समृद्धिका लागि सहकार्यमा जाेड
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९