लेखनाथ, १३ असोज। पोखरा ३१ वेगनासतालमा रहेको वेगनास युवा क्लबले ३० औं हप्ताको वृहत् वेगनासताल सरसफाई गरेको छ ।
वृहत् वेगनासतालको सरसफाइ अभियानको ३० औं हप्ताको कार्यक्रममा वेगनासतालको ड्यामसाइड तथा नहरमा राखिएका डस्ट्वीनहरुमा जम्मा भएको फोहोरमैला जम्मा गरी व्यवस्थापन गरिएको क्लबका अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए ।
कार्यक्रममा वडा ३१ का वडा अध्यक्ष कमलबहादुर थापा, जनता बहुउद्देश्यीय सहकारी संस्था, लेखनाथ सामुदायिक सेवाकेन्द्र एवं प्रहरी सेवा, वेगनासताल महिला समूह, जलेश्वर शिवमन्दिर व्यवस्थापन समिति, वेगनासताल वस व्यवसायी समिति, लेखनाथ होटल तथा रेष्टुरेण्ट एशोसिएसन, वेगनासताल टोलविकास संस्था, डाँडाकोनाक प्रहरी कार्यालय, मिलनसार तमु समाज, ड्यामसाईड युवा क्लव, पर्यटनमार्ग महिला समुहलगायतका विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागिता थियो।
कार्यक्रममा क्लवका अध्यक्ष रामबहादुर रानाभाटले ३० औं हप्तासम्म आइपुग्दापनि स्थानीय जनताको सोचमा अझै परिवर्तन नआएको गुनासो गर्दै सरसफाई अभियान निरन्तर रुपमा संचालन हुने बताए।
त्यस्तै गरी वडा अध्यक्ष कमलबहादुर थापाले वेगनास युवा क्लबले शुरु गरेको वृहत् सरसफाइ अभियानलाइ वडा बाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आगामी हप्ताबाट वेगनासतालमा देखिएको जलकुम्भि नयाँ प्रविधि मेशिनबाट सफाई गरी वेगनासतालमा भएको जलकुम्भीलाइ निमिट्यान्न पार्ने बताए।
त्यस्तैगरी, जनता बहुउद्देश्यीय सहकारीका अध्यक्ष शोभामोहन पौडेल, लेखनाथ सामुदायिक सेवाकेन्द्रका अध्यक्ष रमेश ओझा, समाजसेवी राममणी अधिकारी, वेगनास युवा क्लबका पूर्व अध्यक्ष कृष्णप्रसाद ढुंगानालगायतले वृहत् वेगनासताल सरसफाई अभियानका वारेमा आफ्नो धारणा राखेका थिए ।
Related News
सम्बन्धित समाचार
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
पोखरा १२ ले बनायो आफ्नै एप
पोखरामा सामुदायिक थियटरको माग
प्रहरी कार्यालयको भवन शिलान्यास
अमरसिंहको ६७ औं वार्षिकोत्सव
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९