बेलघारी टोलविकास संस्थाको अध्यक्षमा वेदप्रसाद

आदर्श समाज सम्वाददाता
असाेज १५, २०७५

पोखरा, १४ असोज। बेलघारी टोल विकास संस्थाको छैटौं साधारणसभा तथा चौथो अधिवेशनले वेदप्रसाद शर्मा सुवेदीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सरिता घिमिरे, सचिवमा हेमप्रसाद शर्मा पौडेल, सहसचिवमा सुवेदार टंकबहादुर कार्की, कोषाध्यक्षमा शर्मिला आचार्य छन् ।

सदस्यहरुमा मनोहर पोखरेल, नवराज न्यौपाने, उषा रिमाल, विमला भुजेल, शुभ थापा, कल्पना गुरुङ, मनसुवा विक, रामबहादुर थापा, इन्द्रबहादुर खत्री र राजु खत्री छन् ।  त्यसअवसरमा र्एसइर्इ परीक्षा उतिर्णरजनी शाही, संगम सुवेदी र सोनिया कार्कीलाई सम्मान गरिएको थियो । त्यस्तै, ज्येष्ठ नागरिक टिकाराम सापकोटा, भिमप्रसाद लुइटेल, चिनीमाया सुवेदी, देवमणि सुवेदी, पदमसिंह ठकुरी, चेतबहादुर कार्कीलाई सम्मान गरिएको थियो ।

साथै, विभिन्न शैक्षिक तह उत्तीर्ण गर्ने छन्दनायक माधव वियोगी, इ. ओमनारायण शर्मा, इ.पूर्णबहादुर गुरुङ, अधिवक्ता सुकदेव गौतम, उपसचिव गंगालाल सुवेदी, शकुन्तला आचार्य, संगिता थापा, शुशिल पौडेल, प्रदिप घिमिरे, चेतबहादुर थापा, चन्द्रमा खड्का, डिल्लीराज सुवेदी, इश्वर कार्की, दिपा ओझा पौडेल र टिकाराम कार्कीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजसेवीहरु सुवेदार लालकाजी गुरुङ, झपिन्द्रराज रेग्मी, तारानाथ पौडेल, माधव वियोगी, दिपक सुवेदी, सुनकुमारी गुरुङ, सरिता घिमिरे, रामबहादुर थापा, देवराज सुवेदी र विमला भूजेललाई सम्मान गरिएको थियो । यसअघि पोखरा महानगरपालिका वडा नं १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले साधारणसभा उद्घाटन गरेका थिए । कार्यक्रममा छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मी, गुप्तेश्वर महादेव गुफा बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राडा भुपति ढकाल ‘कमल’, सल्लाहाकार माधव वियोगी, दिपक सुवेदी, अग्रज पत्रकार नारायणप्रसाद भट्टराई, फुस्रेखोला टोलविकास संस्थाका अध्यक्ष पूर्णदिप सिग्देल, निर्माण व्यवसायी हिक्मतजंग कार्की,  निवर्तमान अध्यक्ष तारानाथ पौडेल, पोखरा महानगरपालिका कार्यालयका उपसचिव गंगालाल सुवेदी, दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर थापा, नेपाली काँग्रेस पोखरा – १७ का सभापति देवराज आचार्य, अधिवक्ता सुकदेव गौतमले बोलेका थिए ।

बेलघारी टोलविकास संस्थाका अध्यक्ष देवीबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षमा छविलाल पौडेलले स्वागत र सचिव बेदप्रसाद सुवेदीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • काइन्डनेस क्लब मदरल्यान्डको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    पोखरा । मदरल्याण्ड माविमा स्थापित काइन्डनेस क्लब मदरल्याण्डले बुधबार साथी संसार नेपालका बालबालिकालाई सहयोग गरेको छ । संस्थाका १ सय…
  • जनहित महिला समूहको शुभकामना

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    पोखरा । पोखरा ४, कालीमाटीचोकस्थित जनहित महिला समूहको आयोजनामा दसैंतिहार अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका…
  • उदाहरणीय वडा अभियानमा अध्यक्ष कार्की

    आदर्श समाज सम्वाददाता असाेज १५, २०७९
    पोखरा । आफ्नो वडालाई उदाहरणीय वडारुपमा विकास गर्ने अभियानमा समाहित हुन पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले वडावासीसँग आह्वान गरेका…
  • पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी सुरु

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा, १४ असोज । नेपाल पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी तथा स्रोत केन्द्र सुरु भएको छ । गण्डकी प्रदेश कानुन, सञ्चार तथा…
  • चाडपर्वमा मात्र अनुगमन

    आदर्श समाज सम्वाददाता असाेज १४, २०७९
    पोखरा । दसैंतिहार लगायत ठूला चाडपर्व भित्रिएपछि पोखरा बजारमा अनुगमन तीव्र बन्यो । अरु बेला सुतेर बस्ने अनुगमनकर्ताहरु चाडपर्व भित्रिएपछि…

hero news full width

Recent Posts

भर्खरै