पोखरा, १४ असोज।नौलो घुम्ती नेपालमा पुनः खड्गबहादुर रानाभाटको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।
नेपालको नवौं अधिवेशनले रानाभाटको नेतृत्वमा दुर्इ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको वरिष्ठ उपाध्यक्षमा योगराज पौडेल, उपाध्यक्षमा सुरेन्द्र थापामगर, महासचिवमा बद्रिविनोद प्रतिक, कोषाध्यक्षमा मंगलबहादुर नेपाली, सचिवमा मीना गुरुङ निर्वाचित भएका छन्।
यसैगरी सदस्यमा कमलप्रसाद अर्याल, शिवराज भण्डारी, समीर गुरुङ, महेन्द्र गुरुङ र तुमला श्रेष्ठ चयन भएका छन्।
सभाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनले नौलो घुम्ती नेपालले लागुऔषधको लतमा फँसेकालाई पुनस्र्थापना गर्नका लागि पुर्याएको योगदान स्तुत्य रहेको बताइन्।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, पश्चिम नेपाल क्षेत्र एचआइभी एड्स सञ्जालका संयोजक विश्वमोहन गौचन, गैसस महासंघका गण्डकी प्रदेश अध्यक्ष विना सिलवाल, गैसस महासंघका अध्यक्ष पदमराज पहारी, गोनेसाका अध्यक्ष मे. दिलबहादुर गुरुङ, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका वरिष्ठ उपाध्यक्ष बोधराज कार्की, गुड नेर्बर्स इनटरनेसनलका जिल्ला संयोजक टुपेन्द्र बस्नेत, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका अधिकृत गोपालचन्द्र बराल, कम्युनिटि सपोर्ट गु्रपका कार्यकारी निर्देशक दिलीप गुरुङ, संस्थाका संस्थापक सल्लाहकार गणेश गुरुङ, संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, संस्थाका पूर्व अध्यक्ष इन्दिरा बराल, सल्लाहकार समिति संयोजक मेहरमान श्रेष्ठ, वडा १७ की वडा सदस्य शान्तादेवी गुरुङ लगायतले बोलेका थिए।
Related News
सम्बन्धित समाचार
स्पोर्टस् अवार्डलाई लगातार सहयोग
डिजिटल पेडागोजीसम्बन्धी कार्यशाला
दीपशिखा र ट्याग परियोजनाबीच सम्झौता
संस्कार समाज नेपालद्वारा सम्मान
प्रहरीले नागरिकसँग कस्तो व्यवहार गर्ने ?
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९