पोखरा, १३ असोज। मानव मिलनको अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा भएको छ।
सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानसेनापति रुक्मांगत कटुवालले पछिल्लो समय नेपाली समाज विकृति र विसंगतितर्फ अग्रसर भएकोले यसलाई रोक्न सचेत नागरिक अघि सर्नुपर्ने बताए।
उनले पछिल्लो समय घटेका बलात्कार र महिला हिंसाका घटनाले मानवीयता जटिल परिस्थितितर्फ उन्मुख भएको बताए। ‘समाज विकृति र विसंगतिमा हिडिरहेको छ। दिनहुँ बलात्कार र महिला हिंसाका घटना मिडियामा आइरहेका छन्,’ उनले भने, ‘हाम्रो खानपान र दैनिकीले पनि घटनालाई जोडवल पुगेको छ। हामी सचेत भयौं भने धेरै घटनाहरु साम्य हुन्छन्।’
उनले मानव मिलन संस्थाले समाजसेवामा गरेका कामबारे प्रशंसा समेत गरे।
प्रतिनिधिसभा सांसद सूर्यबहादुर केसीले धर्म र संस्कृतिले नै मानव भएर जिउन सिकाउने बताए। आफू उत्तरार्द्धमा धार्मिक सर्म्बर्द्धनमा लागेको भन्दै उनले सबैलाई मानव मिलनका कामले प्रेरणा मिल्ने उल्लेख गरे। उनले भारत र नेपालबीच भाइचाराको विकास हुनुपर्ने बताए। कार्यक्रममा नेपाल सहित भारतका विभिन्न राज्यबाट प्रतिनिधिहरु उपस्थित भएका थिए। मानव मिलनका संस्थापक डा मणिभद्र मुनिजी महाराजले संस्थाको कामले समाजलाई नै फाइदा पुगेको बताए। ‘संस्थाले थोरै काम गर्छ। तर समाजले त्यसबाट धेरै कुराहरु पाइरहेको छ,’ उनले भने, ‘त्यसैले समाज परिवर्तनका लागि आफ्नो सोच र धारणा परिवर्तन गर्नुपर्छ। आफैं परिवर्तन हुनुपर्छ।’
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, डा नारायण अधिकारी, विश्व हिन्दु महासंघ कास्कीका अध्यक्ष शंकर खराल, नारी परोपकार संस्थाकी अध्यक्ष शारदा गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए।
यसैगरी संस्थाका विभिन्न शाखाबाट प्रतिनिधित्व गर्ने शान्ति ढकाल, गीता लामिछाने, नारायणप्रसाद पौडेल, प्रमोद चोडोरिया, विजय दहिया, अभय कोटेचा, ललिता ओसवालले शाखाका गतिविधिबारे प्रकाश पारेका थिए।
यस वर्ष मानव मिलन महिला विभाग पुना भारत सवोर्त्कृष्ट संस्थाको रुपमा सम्मानित भएको छ। मानव मिलन महिला विभाग अन्तर्राष्ट्रिय अध्यक्ष कुशुम जैनको अध्यक्षतामा भएको कार्यक्रममा रेशमराज सुवेदीले स्वागत, कोमल प्रजुले धन्यवाद ज्ञापन र कार्यक्रम संयोजक सावित्री शर्माले सञ्चालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
तीजगीत प्रतियोगिता हुने
टान अध्यक्षमा नीलहरि बास्तोला
ओटेफको स्थापना दिवसमा भोजन
इन्द्रराज्यलक्ष्मी माविको ६९ औं वार्षिकोत्सव
फुटपाथका सामग्री हटाउन माइकि
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९