लेखनाथ, १३ असोज। प्रनिनिधिसभा सदस्य खगराज अधिकारीले सामुदायिक लायन्स अस्पताल, लेखनाथ रहेको जग्गा लालपुर्जा नहुँदा अस्पताललाई सोचे अनुरुप विकास गराउन नसकिएको स्पष्ट पारेका छन्।
अस्पतालको १५ औं साधारण सभा शनिवार उद्घाटन गर्दै पूर्व मन्त्री समेत रहेका अधिकारीले सो कुरा बताएका हुन्।
अस्पताल भएको जग्गा सार्वजनिक भएकाले राज्यको निकायबाट सहयोग गर्दा आफ्नै जग्गा हुनुपर्ने भएकाले जग्गाको लालपूर्जा बनेपछि ५० शैयाको अस्पताल बन्ने आश्वासन दिए।
आफू स्वास्थ्य मन्त्री हुँदा स्थानीय जनतालाई स्वास्थ्य सुविधा पुग्ने गरी जे जति काम भयो, त्यो अपुग भएको उल्लेख गर्दै उनले नजिकैको शिशुवा अस्पताल र सामुदायिक लायन्स अस्पताल एकीकरण गरी जनताको सेवा दिने खालका योजना लिएर अघि बढे सबैको कल्याण हुने बताए।
‘हामीहरु कसरी निरोगी बन्न सकिन्छ भन्नेबारे पहिले आहारविहारमा ध्यान पुर्याउँदै जानुपर्छ र डाक्टरबाट हुने सेवा प्रभावकारी तरिकाले अगाडि बढाउन देशको स्वास्थ्य नीतिले स्पष्ट भनेको छ, अब पहिलाको जस्तो बिरामीप्रति उत्तरदायी नहुने डाक्टरको कडा निगरानी हुन्छ,’ उनले भने।
गण्डकी प्रदेश विकास समितिका संयोजक दीपक कोइरालाले सुविधासम्पन्न अस्पताल बनाउन आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा बुद्धिबहादुर थापा, वडा ३० का अध्यक्ष श्रीराम पोखरेल, लायन्स अस्पतालका पूर्व अध्यक्ष चतुराखर अधिकारी, महिलाको प्रतिनिधित्व गर्दै सूर्यकमारी बञ्जरा लगायतले अस्पतालको विकासका लागि सामूहिक पहलको खाँचो रहेको बताए।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश भट्टराईले अस्पताललाई मातृशिशु सेवा र सानो सानो रोगको उपचार एवं महिला स्वास्थ सेवा प्रवाहतर्फ अगाडि बढाउनुपर्ने बताए।
कार्यक्रममा अस्पतालका संस्थापक अध्यक्ष तथा वरिष्ठ रेडियोलोजिष्ट डा कालु शर्मा, लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक बि १ नेपालका पूर्व अध्यक्ष ध्रुव थापा, हिमालय आँखा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा इन्द्रमान महर्जन, लायन्स अस्पतालका कार्यालय प्रमुख केदार लामिछाने, आजीवन सदस्य रामकुमार कार्की, कपिल पोखरेल, हेमराज बराल लगायतलाई सम्मान गरिएको थियो। अस्पताल संचालक समिति अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन सचिव भरतप्रसाद तिवारीले गरेका थिए।
यस्तै, कोषाध्यक्ष सूर्यकुमारी बञ्जाराले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
रत्न मन्दिरको गेट खुल्यो, पहिलो दिन सर्बसाधारणको भीड
कौसी खेतीमा पोखरा महानगरको जोड
चापापानी टोल विकासमा प्रेम
सिर्जनशीलमा प्राज्ञिक लेखन र भाषा साहित्य गोष्ठी
सेतीकालीको प्रथम मुखपत्र विमोचन
hero news full width
मुख्य समाचार
सांसदले बाँड्न पाउने गरी प्रति क्षेत्र ५ करोड विनियोजन
आगामी आवको बजेट १७ खर्ब, ५१ अर्ब, ३१ करोड
जेठ १५, २०८०गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
जेठ १५, २०८०स्थानीय तह र प्रदेशलाई समानीकरण अनुदान १ खर्ब ४६ अर्ब, सःशर्त अनुदान २ खर्ब २७ अर्ब
जेठ १५, २०८०‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
जेठ १५, २०८०गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०