हेमजा, १३ असोज । माछापुच्छ्रे गाउँपालिका- ८ स्थित शहीद हरिप्रसाद आधारभूत विद्यालयमा जारी शैक्षिक एवं धार्मिक महोत्सवको दोस्रो दिन शनिवारसम्म १० लाख रुपैयाँ बढी संकलन भएको छ।
जसमा नन्ददेवी गुरुङ परिवारबाट १ लाख ११ हजार १ सय ११ रुपैयाँ, रुद्रबहादुर रानामगर परिवारबाट ५५ हजार ५ सय ५५, वडाअध्यक्ष कृष्णप्रसाद दवाडीबाट ५१ हजार १ सय ५१, विद्यालयका अध्यक्ष ओमप्रसाद गुरुङ परिवारबाट १ लाख ६ सय ५६, टेकनाथ गौतमबाट ३० हजार ५ सय १०, चित्रबहादुर गुरुङबाट २० हजार ५ सय ५५, इन्द्रकुमारी गुरुङबाट ३० हजार ५०, संरक्षण क्षेत्र व्यवस्थापन समिति ल्वाङ्बाट ५१ हजार १ सय ११, कृतिमान गुरुङको परिवारबाट १ लाख, नारायणी गुरुङबाट ३० हजार दान दिएका हुन् ।
त्यसैगरी, खुसीमाया गुरुङ (हाल बेलायत) बाट ५१ हजार ५, नमोबुद्घ तमु समाजबाट ५० हजार ५ सय ५५, थमनसिंह गुरुङबाट ५० हजार १ सय ५, शान्ति आमा समूहबाट ४० हजार २ सय ६० रुपैयाँ दान सहित विभिन्न दाताबाट दान प्राप्त भएको आर्थिक संयोजक बाबुराम पौडेलले जानकारी दिए ।
मूल समारोह समितिका संयोजक ललितमान गुरुङको अध्यक्षतामा शनिवार भएको कार्यक्रममा भागवत् कथा वाचन गर्दै प्रमुख वाचक वाल योगेश्वर महाराज श्रीले भागवत्को महिमा अथाह भएको बताए । उनले भागवत्बाट प्राप्त हुने ज्ञानलाई अमृतसँग तुलना गर्दै मानिसले जस्तो कर्म गर्यो सोही अनुसारको फल पाउने चर्चा गरे ।विद्यालयको सर्वाङ्गीण विकासका लागि आर्थिक संकलन जुटाउन शुक्रवारदेखि शुरु महायज्ञ असोज २० सम्म चल्नेछ ।
Related News
सम्बन्धित समाचार
ट्होटेंमा राष्ट्रपतिको आगमनले तमुहरु उत्साहित
विन्ध्यवासिनी माविमा विद्यार्थी सम्मान
मासबार आमा समूहमा शारदा
नेतृत्व विकास तालिम
दीपशिखा पुस्तकालयमा अन्तक्र्रिया
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९गण्डकीको होमस्टे : पाहुना जाँदैनन्, पैसामात्रै खर्च
श्रावण ३०, २०७९ट्होटेका दिन साउन ३१ गते पाेखरामा स्थानीय बिदा
श्रावण २९, २०७९आत्महत्या रोक्न परिवारको मुख्य भूमिका
श्रावण २९, २०७९कोरोनापछि गाईजात्रा रौनक
श्रावण २८, २०७९