पोखरा, १३ असोज। पोखरा महानगरपालिका वडा १२ स्थित शीतलादेवी सामुदायिक मावि राष्ट्रिय शिक्षा पुरस्कार-२०७५ बाट सम्मानित भएकोमा शनिवार खुसीयाली मनाइएको छ।
विद्यालय परिवारले स्थानीय समुदाय, अभिभावक, शिक्षक र विद्यार्थीसँग खुसीयाली मनाएको हो। विद्यालयले बाजागाजा सहित निकालेको र्याली विद्यालय क्षेत्र परिक्रमा गरेको थियो।
शीतलादेवी दोस्रो पटक राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भएको हो। कार्यक्रममा एर्सर्इइ परीक्षामा विद्यालयबाट ४ जिपिए ल्याउन सफल विद्यार्थी अर्चना सापकोटा साथै शीतलादेवी विद्यालयलाई शिलतादेवी आमा समूहले सम्मान गरेका थिए।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले संस्कार र संस्कृति अनुसारको शिक्षा आवश्यक भएको बताए। ‘कुनै पनि शिक्षा कामै नलाग्ने भन्ने हुँदैन,’ उनले भने, ‘केही गर्न नसक्नेले शिक्षालाई अवैज्ञानिक र अव्यवहारिक भयो भनेर दोष दिइरहेका छन्।’
शिक्षालाई ड्रि्री र गोल्ड मेडलसँग मात्र जोडेर व्याख्या गरिन नहुने भन्दै कत्तिको समाज उपयोगी र जीवनमुखी छ भनेर ध्यान दिनुपर्ने उनको भनाइ छ। मन्त्री गुरुङले शिक्षा र ज्ञानले नयाँ सोचका साथ समाजलाई अघि बढाउन मद्दत पुर्याउने उल्लेख गरे।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख वयानबहादुर क्षत्रीले विद्यालयको स्तरोन्नति र शैक्षिक विकास लागि सहयोग गर्ने बताए।
विद्यालयका शैक्षिक योजना तर्जुमा समितिका संयोजक टीकाराम कोइरालाले विद्यालयले शैक्षिक गुणस्तरलाई प्राथमिकता दिएकाले राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुने अवसर पाएको बताए।
कार्यक्रममा विद्यालयका सल्लाहकार डा अनिल सुवेदी, शैक्षिक योजना तर्जुमा समितिका सदस्य प्राडा कृष्ण केसीले बोलेका थिए।
शीतलादेवी सामुदायिक मावि व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक बाबुराम अधिकारीले स्वागत र शिक्षक बोधराज गौतमले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
सामुदायिक वन मादीमा सिर्जना
जुत्ता व्यवसायीको सभा
मिस्टर पोखरा उपाधि निश्चललाई
महानगरले खुलायो प्रहरी
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९संसद फेस गर्छु : मुख्यमन्त्री अधिकारी
चैत्र १३, २०७९खुमै डाँडामा माछापुच्छ्रे गाउँपालिकाको कार्यपालिका बैठक
चैत्र १२, २०७९