पोखरा, १३ असोज। तमु धिं नेपालले तमुवान प्रदेशको ४० गाउँमा तमु भाषा लेखन तालिम कार्यक्रम सम्पन्न गरेको छ।
हिमाली आदिवासी समाजको सहकार्यमा तमु धिं नेपालले कास्की, स्याङ्जा, तनहुँ, लमजुङ र मनाङ जिल्लाका विभिन्न गाउँमा सो तालिम सम्पन्न गरेको हो।
तमु भाषा वर्णमाला अभियानका साथै तमु भाषा लेखनमा एकरुपता ल्याउने पहल स्वरुप आयोजित कार्यक्रममा १ हजार २ सय भन्दा बढी तमुहरुलाई तालिम प्रदान गरिएको तमु धिं नेपाल, पोखरामा आयोजित समीक्षात्मक कार्यक्रममा जानकारी गराइएको हो। तालिममा सहजकर्ता बुद्धि तमु, गमबहादुर तमु, मीनबहादुर तमु र गजेन्द्र तमुले अभियानको प्रतिवेदन प्रस्तुत गरेका थिए।
समीक्षामा हिमाली आदिवासी समाजका निर्देशक शम्बु ल्होमीले तमु भाषा वर्णमाला अभियानले तमु भातृभाषाप्रति तमुहरुलाई जागरुक बनाएको बताए। उनले भाषा लोप हुँदै जानु भनेको भाषा हराउनु मात्रै नभई समुदायगत स्वपहिचान, विविधता, जैविकता, मौलिकता, संस्कृति, संस्कार, अस्तित्व अन्त्य हुनु हो भन्दै मातृभाषाप्रति घरघरबाट जागरण ल्याउनुपर्नेमा जोड दिए।
तमु धिं नेपालका द्वितीय उपाध्यक्ष हुमबहादुर तमुले मातृभाषाको संरक्षण र विकास गर्ने हो भने बजार क्षेत्रमा रहेका मन्टेसरीहरुमा भाषा कक्षा शुरु गर्नुपर्ने बताए। घरमा अलि-अलि सिकाएको तमु भाषा अंग्रेजी सिकाउने नाउँमा मन्टेसरीदेखि नै तमु भाषाको घाँटी रेटिएको आरोप लगाए। उनले तमु भाषा विकास र संरक्षणका लागि संविधानमै व्यवस्था गरिए बमोजिम यस प्रदेशमा सरकारी कामकाजको भाषा तमु भाषा बनाउनुपर्ने बताए। तमु धिं नेपालमा महासचिव तथा अभियानका अनुगमनकर्ता गिरीप्रसाद तमुको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहजकर्ता मीनबहादुर तमुले गरेका थिए।
Related News
सम्बन्धित समाचार
मन्त्री र सचिवलाई कर्मचारीको म्यासेज :निजामती सेवा ऐनको मस्याैदा नै विभेदकारी भयो
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्थानीयद्वारा तालचोक बेगनासताल सडक मर्मत
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
hero news full width
मुख्य समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
चैत्र १९, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९